PahiloPost

Jan 4, 2025 | २० पुष २०८१

प्रधानमन्त्री प्रचण्डको मन्त्रिपरिषद : पहिलो चरणमा ६ सदस्यीय



रमेश वाग्ले

प्रधानमन्त्री प्रचण्डको मन्त्रिपरिषद : पहिलो चरणमा  ६ सदस्यीय

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको मन्त्रिपरिषद दुई उपप्रधानमन्त्री सहित ६ सदस्यीय बनेको छ। दुई उपप्रधानमन्त्री र तीन मन्त्रीलाई दाहालले प्रधानमन्त्री पदको सपथ लिए लगत्तै राष्ट्रपति विद्या भण्डारीले सपथ खुवाएकी हुन्।

प्रधानमन्त्रीको सपथ सकिएपछि दोस्रो चरणमा उपप्रधानमन्त्रीहरु विमलेन्द्र निधि र कृष्णबहादुर महरालाई सपथ खुवाएकी थिइन्। निधिले गृह मन्त्रालयको विभागीय जिम्मेवारी पाएका छन् भने महराले अर्थ मन्त्रालयको।

माओवादी केन्द्रका तर्फबाट थप दुई  र कांग्रेसका तर्फबाट एक मन्त्रीले पनि आजै सपथ लिए। आजै सपथ लिएका नेकपा माओवादी केन्द्रतर्फका मन्त्री दलजीत विके श्रीपाली युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी पाएका छन् भने गौरीशंकर चौधरीले कृषि मन्त्रालयको जिम्मेवारी पाएका छन्।

नेपाली कांग्रेसको तर्फबाट मन्त्री बनेका रमेश लेखकले भने भौतिक यजना तथा पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी पाएका छन्।

प्रधानमन्त्री तथा मन्त्रीहरुको सपथग्रहण समारोहमा पूर्व प्रधानमन्त्री, सांसद्, पूर्व सांसद्, पूर्व मन्त्रीहरु, सूरक्षा निकायका प्रमुखहरु कुटनीतिक नियोगका प्रतिनिधिहरुसहित उलेख्य संख्यामा सर्वसाधारणको समेत उपस्थिति रहेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell