PahiloPost

Feb 28, 2025 | १६ फागुन २०८१

​दलजित श्रीपाली : पिएलए स्पोर्ट्स क्लबको सदस्य सचिवदेखि खेलकुद मन्त्रीसम्म



पहिलोपोस्ट

​दलजित श्रीपाली : पिएलए स्पोर्ट्स क्लबको सदस्य सचिवदेखि खेलकुद मन्त्रीसम्म

काठमाडौं : दोस्रो पटक नेपालको प्रधानमन्त्री बनेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बिहीबार राष्ट्रपतिसमक्ष पद तथा गोपनियताको सपथ लिएसँगै माओवादी केन्द्रबाट थप तीन जनाले पनि मन्त्री पदका लागि पद तथा गोपनियताको सपथ लिएका छन्। 

त्यसमध्ये कुष्ण बहादुर महराले उपप्रधान सहित अर्थ मन्त्रालय सम्हाल्ने पक्का छ। यस्तै माओवादीबाट दुई नयाँ अनुहारका रुपमा आएका छन्, गौरी बहादुर थारु र दलजित श्रीपाली। 

प्रचण्ड मन्त्रिपरिषद्मा श्रीपाली युवा तथा खेलकुद मन्त्री बन्दैछन्। श्रीपादी दोस्रो संविधान सभापछि माओवादीबाट समानुपातिक सांसद बनेका हुन्।

पूर्व लडाकु कमाण्ड समेत रहेका दलजित श्रीपाली पुर्व पिएलए स्पोर्ट्स क्लबका सदस्य सचिव हुन्। रुकुमबाट सभासद बनेका श्रीपालीलाई 'प्रशान्त ' नामले समेत चिनिन्छ। 

पिएलले स्पोर्ट्स क्लबले पाँचौ र छैटौ राष्ट्रिय खेलकुदमा भाग लिएको थियो। पाँचौमा एक रजत र पाँच कास्य मात्र जितेको पिएलएले छैटौमा राष्ट्रिय खेलाडीहरु हायर गरेर १७ स्वर्ण १५ रजत र २४ कास्य जितेको थियो। 

पिएलए क्लबको सहभागिताका कारण पाँचौ राष्ट्रिय खेलकुख विवादित भयो। पिएलका खेलाडी सामेल खेलकुद स्पर्धामा नेपाली सेनाले आफ्ना खेलाडीलाई फिर्ता बोलाएको थियो। श्रीपालीले यसअघि नै माओवादी पार्टीको खेलकुद विभागमा समेत काम गरिसकेका छन्। 

गत माघमा संविधानसभामा कुर्ची काण्डमा हुँदा उनी उमेश यादवसँगै अग्रपंक्तिमा देखिएपछि एकाएक चर्चामा आएका थिए। कुर्ची तोडफोडमा समेत संलग्न रहेका उमेश यादव केपी ओली नेतृत्व सरकारमा सिँचाई मन्त्री थिए।

यसअघि झलनाथ खनाल प्रधानमन्त्री बनेका बेला माओवादीबाट हित बहादुर तामाङ र बाबुराम भट्टराईको पालामा कमला रोक्का युवा तथा खेलकुद मन्त्री बनेका थिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell