हुम्ला : सिमिकोटबाट सुर्खेतको लागि उडेको मकालु एयरलाइन्सको सिङ्गल इन्जिनको विमान बिहीबार खार्पुनाथ–३ कुरिलास्थित कर्णाली नदीमा खसेर दुर्घटना भएको छ।
दुर्घटनामा विमान चालक क्याप्टेन काठमाडौं जोरपाटीका २९ वर्षीय साङ्गेल लामा र सह–चालक दाङ तुलसीपुर–११ का २५ वर्षीय प्रशान्त शाह घाइते भएका छन्। चालक लामाको बायाँ खु्ट्टामा र सह–चालक शाहको ढाडमा चोट लागेको छ। घाइते दुवैलाई सिम्रिक एयरको हेलिकप्टरबाट जिल्ला अस्पताल हुम्ला पुर्याएर उपचार गरिरहेको नेपाल प्रहरीले जनाएको छ।
दुर्घटनाको खबरलगत्तै प्रहरी चौकी याङचु र जिल्ला प्रहरी कार्यालयबाट उद्दारका लागि परिचालन गरिएको थियो।