PahiloPost

Apr 30, 2026 | १७ बैशाख २०८३

​सिटी एक्सप्रेस र मनिग्राम सहकार्य,विदेशबाट रकम पठाउन सहज



पहिलोपोस्ट

​सिटी एक्सप्रेस र मनिग्राम सहकार्य,विदेशबाट रकम पठाउन सहज

काठमाडौं : मनिग्रामले नेपालमा आफ्नो पहुँच बढाउँदै सिटी एक्सप्रेस मनी ट्रान्सफरसँग सहकार्य गरेको छ। यो सहकार्यपछि विदेशमा काम गरिरहेका नेपालीलाई रकम पठाउन थप सहज हुनेछ।
 
दक्षिण एसियाका मनिग्रामका क्षेत्रीय निर्देशक शेशागिरी मालिया भन्छन्, 'नेपालमा रहेका ग्राहकलाई सहज र पायक पर्ने सेवा दिनका लागि संसारभरि रहेका नेपालीलाई सेवा पुर्‍याउन मनिग्राम तत्पर छ। सिटी एक्सप्रेससँगको सहकार्यले अब यो सेवा अझै विस्तारित भएको छ। विशेष गरी गल्फ क्षेत्रमा काम गर्ने नेपालीका लागि यो सहकार्य उपयोगी सावित हुनेछ।'
 
सिटी एक्सप्रेसका प्रबन्ध निर्देशक चन्द्र टण्डनले मनिग्रामसँगको सहकार्यले रेमिटेन्स क्षेत्रमा कम्पनीको सेवा थप सुदृढ भएको दाबी गरे। उनले भने, 'संसारको अग्रणी रेमिटेन्स कम्पनी मनिग्रामसँगको सहकार्यले सुदृढ सेवा पुर्‍याउन सहयोग पुग्ने विश्वास लिएका छौं।'
 
मनिग्रामको सेवा सिटी एक्सप्रेसबाट प्राप्त गर्ने ग्राहकले कारोबार गर्ने बित्तिकै ५० रुपैयाँको टपअप आफ्नो मोबाइलमा प्राप्त गर्न सक्नेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell