PahiloPost

Apr 29, 2025 | १६ बैशाख २०८२

​प्रधानमन्त्री प्रचण्डको पहिलो निर्णयमा चार निर्देशन



दीपेन श्रेष्ठ

​प्रधानमन्त्री प्रचण्डको पहिलो निर्णयमा चार निर्देशन

काठमाडौं  : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पदभार ग्रहणसँगै पहिलो निर्णय मार्फत् चार वटा निर्देशन जारी गरेका छन्। जसमा सबैभन्दा प्राथमिकता दिइएको छ - गरीबका लागि सरकार विशेष अभियान। के के छन् त निर्णयहरु?

१) पहिचानको क्रममा रहेको गरीब घरपरिवारहरुको पहिचान कार्य सम्पन गरी उनीहरुको जीवनस्तर उकास्न गरीबका लागि सरकार नामक विशेष अभियान सञ्चालन गरेर आय आर्जन, शिक्षा, स्वास्थ्य, बीमा तथा तालिम र प्रविधि हस्तान्तरण, रोजगार तथा स्वरोजगार, बैंक तथा बजारसँग एकिकरण र खाद्य सुरक्षा जस्ता कार्यक्रमहरु कार्यान्वयन गर्ने।
 
२) भूकम्प प्रभावित ३१ जिल्लाका प्रभावित ५ लाख ३३ हजार परिवारलाई अनुदानको पहिलो किस्ता आगामी ४५ दिनभित्र वितरण गर्ने र पुर्ननिर्माण कार्यलाई शिघ्रताशिघ्र कार्यान्वयन गर्ने।

३) चिकित्सक नपुगेका प्राथमिक स्वास्थ्य केन्द्रहरुमा आगामी ३ महिना भित्र चिकित्सक पठाइसक्ने साथै जिल्ला तथा सो भन्दा माथिल्लो स्तरका सरकारी अस्पतालहरुले एकै छानाभित्र सबै सुविधा दिने नीति अन्तर्गत गुणस्तरीय औषधी उपलब्ध गराउन औषधी कक्ष यसै आव देखि सञ्चालन गर्ने।

४) नेपाल भरका दलित र कर्णालीका नवाजात शिशुको जन्मदर्ता गर्न आउने परिवारलाई प्रोत्साह स्वरुप रु १ हजार दिने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell