PahiloPost

May 21, 2024 | ८ जेठ २०८१

​प्रधानमन्त्रीको चेयरबाट प्रचण्डले सुनाए ४ प्राथमिकता



दीपेन श्रेष्ठ

​प्रधानमन्त्रीको चेयरबाट प्रचण्डले सुनाए ४ प्राथमिकता

काठमाडौँ : प्रधानमन्त्री पदको पदभार ग्रहण लगत्तै पुष्पकमल दाहाल प्रचण्डले आफ्नो सरकारको चार प्राथमिकता रहेको उल्लेख गरेका छन्। शहिदका शालिकमा माल्यार्पणपछि साँझ पौने सात बजे प्रधानमन्त्री कार्यालय टेकेका प्रचण्डले आफूसँग संसदीय राजनीतिको दश वर्ष लामो अनुभव भएको बताए। के के छन् त उनको प्राथमिकता?

  • पहिलो आन्तरिक राष्ट्रिय एकता सुदृढ गर्ने, संविधानलाई अधिकतम् सर्व स्वीकार्य बनाउने हिसाबले मधेस, थारु तथा जनजातिले उठाएका मुद्दाहरुलाई सम्बोधन गरेर राष्ट्रिय एकता सुदृढ गर्ने आवश्यकता छ।त्यो प्रक्रियामा अगाडि बढ्दैछौँ।

  • दोश्रो संविधान कार्यान्वयन नै चुनौती हो। ऐतिहासिक रुपमा संविधान घोषणा गरेका छौँ। त्यसलाई अधिकतम स्वीकार्य बनाउँदै कार्यान्वयनको सुनिश्चितता ऐतिहासिक रुपमा आवश्यक छ। त्यो पनि हाम्रो अहिलेको प्राथमिकताको विषय हो।

  • ​भूकम्पबाट भएको क्षतिबाट जनताले पीडा भोग्नु परेको छ। त्यसको पुर्ननिर्णमा प्रक्रिया असाध्यै धिमा भएको छ। तीव्रता दिनु आवश्यक छ।

  • नेपाली जनताले आर्थिक समृद्धि र विकास निर्माण तात्कालिन र दीर्घकालिक दुवै दृष्टिमा होस् भनेर तीव्र आकांक्षा राखेका छन् र यो चरणमा सरकारले जनताको त्यो आकांक्षा अनुसार तात्कालिक मध्यकालिन र दीर्घकालिन विकासका आयोजनाहरु, बढी भन्दा बढी रोजगारी श्रृजना गर्नेमा ध्यान केन्द्रित गर्नेछ।

 
प्रचण्डल विगतमा गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री बन्दा आफूसँग अनुभव नभएको स्विकार गर्दै पिएमको चेयरमा बसेर अहिले दश वर्षको अनुभव रहेको सुनाए।

‘मलाइ झण्डै दश वर्षको अनुभव भएको छ। यो प्रक्रियाको नियमहरु, गतिशीलताहरु, उतार चढावहरु’,प्रधानमन्त्री प्रचण्डले भने, ‘मलाई के आशा छ भने जनताले जसरी अपेक्षा गरेका छ, सबै मुलभुत समस्या समाधान होलान् भन्ने र मैले जे अनुभवन हासिल गरेको छु दश वर्षमा। आउने दिनहरुमा धेरै कुराहरु भन्ने भन्दा पनि जनताको पक्षमा र राष्ट्रको पक्षमा धेरै काम गर्ने मनस्थिति बनाएको छु।‘


उनले राष्ट्र एकातिर विकास, प्रगति र समृद्धिको सम्भावनाको संघारमा रहेको उल्लेख गर्दै ठिक ढंगले राष्ट्रलाई एकतावद्ध गर्न नसके निकै अप्ठेरो अवस्थाको सामना गर्नुपर्ने अवस्था आउने बताए। त्यसका लागि राजनीतिक दलहरुको बीचमा सहकार्य र एकता कायम गर्न सक्नुपर्ने चुनौती रहेको उनको भनाई थियो।

उनले मिडिया क्षेत्र र आम जनताबाट पनि आफूले सहयोग अपेक्षा गरेको बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell