PahiloPost

May 14, 2025 | १ जेठ २०८२

तीन दिनदेखि अपहरित बाराका बस व्यवसायी दोङको अवस्था अज्ञात



पहिलोपोस्ट

वीरगन्ज : तीन दिनदेखि अपहरित बाराका बस व्यवसायी राजु दोङको अवस्था अझै अज्ञात छ।
  
बारा निजगढ -१३ डम्बरपुर निवासी ३८ वर्षीय  दोङ वीरगन्ज बजार आएको बेला बुधबार अपहरणमा परेका थिए।
 
वीरगन्ज-निजगढ चल्ने ना६ख ४१२८ नम्बरको बस सञ्चालन गर्दै आएका दोङ बुधबार दिउँसो १ बजे वीरगन्जको बसपार्कबाट अज्ञात समूहको अपहरणमा परेको परिवारको दाबी छ। बसपार्कबाट मध्याह्न १२ बजे बजारमा गितारको तार किन्न गएका दोङको माबाइल आधा घन्टापछि स्वीच अफ गरिएको उनका चालक अम्बर थिङले बताए। तर अपरहणपछि एक घन्टामा उनले तनहुँको डुम्रेमा रहेका छोरा नवीनलाई फोन गरी जानकारी गराएको पत्नी दिलमायाले बताएकी छन्।
 
अपहरणकारीहरुले ३० लाख फिरौती मागेको समेत परिवारजनको भनाइ छ। 'घटना बुधबारको भए पनि परिवारजनले ढिलो जानकारी गराएकाले तत्काल कारबाही बढाउन सकिएन,' पर्साका प्रहरी नायब उपरीक्षक होबेन्द्र बोगटीले भने, 'हामी अपहरणकारीको तीव्र खोजीमा लागिरहेका छौं।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell