PahiloPost

Apr 22, 2025 | ९ बैशाख २०८२

१४ जनाले गुमाए मुखैमा पुगेको राजदूत पद, मन्त्रिपरिषदले खारेज गर्‍यो सिफारिस



पहिलोपोस्ट

१४ जनाले गुमाए मुखैमा पुगेको राजदूत पद, मन्त्रिपरिषदले खारेज गर्‍यो सिफारिस

काठमाडौं : अघिल्लो सरकारले विभिन्न मुलुकमा राजदूतका लागि सिफारिस गरेका १४ जनाको नाम आज बसेको मन्त्रिपरिषदको बैठकले रद्ध गरेको छ। मन्त्रिपरिषदको बैठकले गरेको यो निर्णयसँगै राजनीतिक दलका नेता र पूर्वमन्त्रीले समेत मुखैमा पुगेका राजदूत पद गुमाएका छन्।

केपी ओली नेतृत्वको सरकारले २२ जना राजदूतको सिफारिस गरेको थियो। उनीहरुको संसदीय सुनुवाईसमेत सुरु भइसकेको थियो। २२ मध्ये १४ राजनीतिक दलबाट र बाँकी पराराष्ट्र सेवामा संलग्न थिए। परराष्ट्र सेवामा रहेकाको सिफारिस भने रद्ध भएको छैन।

राजदूत हुनै लाग्दा नपाउनेहरुमा एमालेका महेन्द्रबहादुर पाण्डे, डा.खड्गबहादुर केसी, नाराद भारद्वाज वाग्ले, डा.शिवमाया तुम्बाहाम्फे, अलिअख्तर मिकरानी र युवराज कार्की छन्। यीमध्ये पाण्डे पूर्व परराष्ट्रमन्त्री समेत हुन्।

माओवादीका युवनाथ लम्साल, लक्की शेर्पा, महेन्द्र प्रसाद सिंह र पदम सुन्दास पनि राजदूत हुनबाट रोकिएका छन्। खगेन्द्र बस्न्यात, निरन्जन थापा, शर्मिला पराजुली ढकाल र भरतबहादुर रायमाझी पनि राजदूतको सिफारिसमा थिए। सत्ता गठबन्धनका दलहरु राप्रपा नेपाल, राप्रपा, मधेसी जनअधिकार फोरम लोकतान्त्रिकबाट उनीहरु छानिएका थिए।

ओली सरकारले गत वैशाखमा राजदूतहरुको नाम सिफारिस गरेको थियो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell