श्रीलंकन स्पिनर रंगना हेराथ टेष्ट क्रिकेटमा ह्याट्रिक विकेट लिने सबैभन्दा पाका खेलाडी बनेका छन्।
अष्ट्रेलिया विरुद्धको दोस्रो टेष्टको पहिलो पारीमा हेराथले ह्याट्रिक विकेट लिएका हुन्। उनले अष्ट्रेलियाका एडम भोग्स, पिटर नेभिल र मिचेल स्टार्कलाई लगातार आउट गरेका थिए।
उनले ३८ वर्ष १३९ दिनको उमेरमा टेष्ट क्रिकेट ह्याट्रिक विकेट लिएका हुन्।
हेराथ श्रीलंकाबाट टेष्ट क्रिकेटमा ह्याट्रिक लिने दोस्रो खेलाडी हुन्। यसअघि सन् १९९९ मा नुवान जोएसाले जिम्बाबेविरुद्ध यस्तो खाले सफलता हासिल गरेका थिए।
श्रीलंकन भूमिमा टेष्टमा ह्याट्रिक विकेट लिइएको पनि यो दोस्रो अवसर हो। यसअघि सन् २००० मा गाल्लेमै पाकिस्तानका अब्दुल रज्जाकले श्रीलंकाविरुद्ध ह्याट्रिक विकेट लिएका थिए।
ह्याट्रिकसँगै हेराथले ४ विकेट लिए। ह्याट्रिक विकेट लिनुअघि उनले अष्ट्रेलियाका कप्तान स्टिभ स्मिथलाई पनि ८ रनमै बोल्ड आउट गराएका थिए। ११ अोभर बलिङ गरेका हेराथले २ मेडन राख्दै ३५ रन खर्चेर ४ विकेट लिएका हुन्।
गाल्लेमा भइरहेको टेष्टमा रंगना हेराथको घातक बलिङकै कारण अष्ट्रेलिया दोस्रो पारी मात्र १०६ रनमै अलआउट भएको छ। यस्तै श्रीलंकाको तर्फबाट दिलरुवान परेराले पनी ४ विकेट लिए भने विश्वा फर्नान्डो र लक्सन सान्दाकनले एक-एक विकेट लिए।
यस्तै टेष्ट क्रिकेटमा ह्याट्रिक लिने हेराथ ४२ औं खेलाडी समेत बनेका छन्।