PahiloPost

Sep 16, 2026 | ३१ भदौ २०८३

​क्रिकेट टोलीलाई रुस्लानको विदाई



पहिलोपोस्ट

​क्रिकेट टोलीलाई रुस्लानको विदाई

काठमाडौं : रुस्लान क्रिकेटका ब्राण्ड एम्बेसेडरहरुलाई रुस्लान क्रिकेटका कार्यकारी निर्देशक राज बहादुर शाहले विदाई गरेका छन्। शाहले नेदरल्याण्ड जाँदै गरेको नेपाली राष्ट्रिय टोलीका सदस्य खेलाडीलाई जावलाखेल ग्रुप अफ इण्डष्ट्रिजबाट बिदाई गरेका हुन्।

सो अवसरमा नेपाली राष्ट्रिय क्रिकेट टिमका उपकप्तान ज्ञानेन्द्र मल्ल, अन्य खेलाडीहरु शरद भेषावकर, विनोद भण्डारी र वसन्त रेग्मी उपस्थित थिए।

विश्व क्रिकेट लिग च्याम्पियनसीपका लागि यही अगष्ट १३ र १५ तारिखका दिन नेदरल्याण्डसँग हुने प्रतियोगिताका लागि नेपालको राष्ट्रिय क्रिकेट टोली शनिबार नेदरल्याण्ड जाँदै छ। स्कटल्याण्ड, पपुवा न्यूगिनी र नामिबियासँगको खेलपछि नेपाली टोली चौंथो चरणमा नेदरल्याण्डसँग भिड्न लागेको हो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell