PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

प्रधानमन्त्री प्रचण्डको सरकारी निवास प्रवेश, हेर्नुस् १३ फोटोमा

प्रधानमन्त्री प्रचण्डको सरकारी निवास प्रवेश, हेर्नुस् १३ फोटोमा

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड निजी निवास लाजिम्पाटबाट आज सरकारी निवास बालुवाटार सरेका छन्।

आज दिउँसो उनी प्रधानमन्त्री निवासको ३ नम्बर गेटबाट प्रवेश गरेका थिए। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव दीपेन्द्रनाथ शर्मा, कर्मचारी एवम् सुरक्षाकर्मी लगायतले उनको स्वागत गरेका थिए। त्यही क्रममा शर्माले प्रचण्ड पत्नी सीतालाई चाबी हस्तान्तरण गरे।
 
स्वागत समारोहमा बोल्दै प्रधानमन्त्री प्रचण्डले आफू सबैसँग मिलेर काम गर्ने र एकै परिवारझैं भएर रहने बताए। उनले सरकारी निवासमा रहेको पुरानै सामान प्रयोग गर्ने बताएका छन्। अत्यावश्यक बाहेक अरु कुनै पनि सामान नकिन्न उनले कर्मचारीलाई निर्देशन समेत दिए।
 
हेर्नुस् थप फोटो :


ट्रेन्डिङ पोस्ट

Ncell