PahiloPost

Apr 22, 2025 | ९ बैशाख २०८२

युरोपको उत्कृष्ट फुटबलर को ? बेल, ग्रिजमन कि रोनाल्डो



पहिलोपोस्ट

युरोपको उत्कृष्ट फुटबलर को ? बेल, ग्रिजमन कि रोनाल्डो

युरोपको उत्कृष्ट खेलाडीको लागि अन्तिम तीन खेलाडीको सूचि सार्वजनिक गरिएको छ। युईएफएले सार्वजनिक गरेको बेष्ट प्लेअर अफ युरोपको लागि गारेथ बेल, एन्टोनी ग्रिजमन र क्रिस्टियानो रोनाल्डो पर्न सफल भएका छन्।


बेल, ग्रिजमन र रोनाल्डोले युरो २०१६ मा आफ्नो देशका लागि उत्कृष्ट प्रदर्शन गरेका थिए भने गत सिजनको च्यापियन्स लिगको फाइनलमा पनि तीनै खेलाडीले खेलेका थिए। बेल र रोनाल्डोको रियल मड्रिडले ग्रिजमनको एथ्लेटिको मड्रिडलाई हराउँदै कीर्तिमानी ११ औं पटक च्याम्पियन्स लिगको उपाधि जितेको थियो
। 
रोनाल्डोको कप्तानीमा पोर्चुगलले पहिलो पटक युरोकपको उपाधि जित्यो भने बेलको वेल्स पहिलो सहभागितामै सेमिफाइनसम्म पुग्न सफल भयो। 
यस्तै आयोजक फ्रान्सलाई १६ वर्षपछि युरोकपको फाइनलसम्म पुर्याउँदा ग्रिजमन सर्वाधिक गोलकर्ता र उत्कृष्ट खेलाडी बनेका थिए।

दुई पटकका विजेता लियोनल मेसी भने अन्तिम तीनमा पर्न असफल भएका छन्। उनले कोपा अमेरिकाको फाइनलमा चिलीसँग हारेपछि अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरिसकेका छन्। यस्तै बार्सिलोनाकै लुइस सुवारेज पनि शीर्ष तीनमा पर्न सकेनन्। 

युइएफएका ५५ सदस्य राष्टका पत्रकारहरुले गरेको भोटको आधारमा उत्कृष्ट दश खेलाडीको सूचि सार्वजनिक गरिएको थियो। 
त्यसैको आधारमा अन्तिम तीन खेलाडीको सूचि सार्वजनिक भएको छ। 

मोनाकोमा अगस्ट २५ मा हुने युरोपियन च्याम्पियनस लिगको ड्र कार्यक्रममा यी तीन मध्येबाट उत्कृष्ट खेलाडीको छनोट गरिनेछ। 

यसअघि मेसी दुई पटक, रोनाल्डो र आन्द्रेज इनेस्टा र फ्रान्क रिवेरीले एक एक पटक युरोपको उत्कृष्ट खेलाडी घोषित भएका थिए।





@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell