PahiloPost

Apr 22, 2025 | ९ बैशाख २०८२

​फुपूल्हामुको प्रतिद्वन्दी क्युवाकी मरिसेट इस्पिनोसा



पहिलोपोस्ट

​फुपूल्हामुको प्रतिद्वन्दी क्युवाकी मरिसेट इस्पिनोसा

काठमाडौं : जुडोकी फुपूल्हामु खत्रीले रियो ओलम्पिकको पहिलो चरणमा क्युवाली खेलाडी मरिसेट इस्पिनोसासँग प्रतिस्पर्धा गर्ने भएकी छिन्। 


जुडोको बिहिबार निकालिएको ड्र अनुसार १२ औं दक्षिण एसियाली खेलकुदकी स्वर्ण विजेता फुपूल्हामुले कठिन प्रतिद्वन्दीको सामना गर्ने भएकी छिन्। 
फुपूले रियो ओलम्पिक अन्तर्गत मंगलबार ६३ केजीमुनिको तौल समूहमा प्रतिस्पर्धा गर्दैछिन्। 


जुडोमा क्युवालाई राम्रो मानिन्छ, त्यसैले पनि नेपाली खेलाडीको लागि मरिसेट कठिन विपक्षी हुन सक्छ। यदी मरिसेटलाई पहिलो चरणमा हराउन सके फुपूल्हामु अन्तिम १६ मा प्रवेश गर्नेछिन्। रियो ओलम्पिकमा यस स्पर्धामा कुल ३६ खेलाडीले प्रतिस्पर्धा गर्दैछन्। फुपू र मरिसेट बीचको विजेताले दोस्रो चरणमा इजरायली खेलाडी यार्डेन गार्बीको सामना गर्नेछिन्।

ओलम्पिक छात्रावृत्तिअन्तर्गत करिब ७ महिना हंगेरीमा प्रशिक्षण लिएकी फुपूले त्यसक्रममा विभिन्न जुडोका च्याम्पियनसिप समेत खेलेकी थिइन्। 

ब्राजिलको रियो दि जेनेरियोमा भर्खरै सम्पन्न उद्घाटन समारोह अन्तर्गत परेडमा फुपुल्हामुले नेपालको झण्डा समेत बोक्ने सौभाग्य पाएकी छिन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell