PahiloPost

Dec 23, 2025 | ८ पुष २०८२

​फोटोमा हेर्नुस रियो ओलम्पिकको उद्घाटन समारोह

​फोटोमा हेर्नुस रियो ओलम्पिकको उद्घाटन समारोह

पहिलोपोस्ट /पहिलोपोस्ट


३१ औं संस्करणको गृष्मकालिन ओलम्पिकको ब्राजिलको रियो दि जेनेरिरो शहरस्थित माराकाना रंगशालामा भव्य उद्घाटन गरिएको छ। ब्राजिलले आफ्नो सांस्कृतिक र जातिय विविधताको झाँकी प्रदर्शन सहित रियो ओलिम्पिकको उदघाटन गरेको छ।

समारोहमा रियो ओलम्पिकमा सहभागी २०६ देशका खेलाडीहरुले माराकानामा रंगशालामा उपस्थित ७५ हजार दर्शकका सामु आ आफ्ना देशका झण्डा बोकेर परेडमा सहभागि भए।

ब्राजिलियन फुटबल खेलाडी पेलेले खेलस्थलमा ओलिम्पिक टर्च बाल्ने भनिएपनि उनले स्वास्थ्यका कारण त्यसो गर्न असमर्थ रहेको जनाएका छन्। ७५ वर्षे पेले कमजोर स्वास्थ्य अवस्थाका कारण ओलम्पिकको उद्घाटन समारोहमा सहभागी हुन नसकेका हुन्।

रियो ओलम्पिकमा यस पटक १० खेलाडी रहेको शरणार्थीहरुको छुट्टै टोली पनि समावेश गरिएको छ।

रियो ओलम्पिकमा २०६ देशका १० हजार २९३ खेलाडीले विभिन्न २८ खेलका ३०६ विधामा प्रतिस्पर्धा गर्नेछन्। 

फोटोमा हेर्नुस अोलम्पिकको उद्घाटन समारोह :


ट्रेन्डिङ पोस्ट

Ncell