PahiloPost

Feb 28, 2025 | १६ फागुन २०८१

बुढानीलकण्ठ पुगेरै देउवालाई भेटे प्रधानमन्त्री प्रचण्डले



पहिलोपोस्ट

बुढानीलकण्ठ पुगेरै देउवालाई भेटे प्रधानमन्त्री प्रचण्डले

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन्।

आज बिहान देउवा निवास बुढानीलकण्ठ पुगेका प्रचण्डले करिब एक घन्टा कुराकानी गरेका थिए।

उक्त भेटमा मन्त्रीमण्डल विस्तार र सरकारी कामकारबाही तथा राहत र उद्धारका विषयमा छलफल भएको प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए।

'एक हप्तासम्ममा मन्त्रीमण्डललाई पूर्णता दिनेमा दुवै सहमत देखिनुभयो,' उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell