PahiloPost

Dec 23, 2025 | ८ पुष २०८२

'कालो दिन' भन्दै लिम्बुवानले गर्‍यो पूर्वमा बन्द, जनजीवन प्रभावित



पहिलोपोस्ट

झापा : साउन २२ गतेलाई 'कालो दिन'का रुपमा मनाउँदै लिम्बूवान राज्य परिषद्ले आह्वान गरेको बन्दका कारण पूर्वको जनजीवन प्रभावित बनेको छ।

परिषदले बिहानैदेखि गरेको बन्दका कारण इलाम, झापा, पाँचथर, सुनसरी, मोरङ, ताप्लेजुङ, संखुवासभा लगायत पूर्वाञ्चलका जिल्लामा यातायातका साधन चल्न सकेका छैनन्। अधिकाश बजार र पसल पनि ठप्प छन्।
 
पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्ने क्रममा 'लिम्बुवान राज्य' खोसेको भन्दै परिषद्ले हरेक वर्षको साउन २२ लाई ‘कालो दिन’को रुपमा लिने गरेको छ। यसैको विरोधमा आज बन्द गरिएको हो।

बन्दमा एम्बुलेन्स, प्रेस लगायतका आकस्मिक सेवाका सवारी भने चल्न दिइएको बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell