PahiloPost

Apr 22, 2025 | ९ बैशाख २०८२

आफ्नो निर्वाचन क्षेत्रलाई बिर्ता ठान्नेहरुकै कारण सीमांकन विवादमा : बाबुराम



पहिलोपोस्ट

आफ्नो निर्वाचन क्षेत्रलाई बिर्ता ठान्नेहरुकै कारण सीमांकन विवादमा : बाबुराम

झापा : नयाँ शक्ति नेपालका संयोजक डा.बाबुराम भट्टराईले आफूलाई नेपालको राजनीतिका महारथी ठान्नेहरुका कारण नै देशको सीमाङ्कन विवाद सुल्झिन नसकेको बताएका छन्। 

नयाँ शक्ति नेपालको प्रदेश नम्बर १ को कार्यक्रमलाई सम्बोधन गर्न शनिबार झापाको बिर्तामोड आएका संयोजक भट्टराईले भने, 'जिल्ला वा गाउँलाई जस्ताको तस्तै राखेर संघीयता भन्नु जनताप्रतिको धोका हो।'
  
आफ्नो निर्वाचन क्षेत्रलाई बिर्ताजस्तै ठान्ने नेताका कारण सीमांकन समेत विवादमा आउने गरेको उनको भनाइ थियो। कांग्रेस, एमाले र माओवादी केन्द्रले संघीयता र शासकीय स्वरुपका बारेमा अझै निर्णय दिन नसकेको समेत उनले बताए।
 
‘प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणालीमा नगएसम्म नेपालले आर्थिक विकास र समृद्धिको दिशामा गति लिन सक्दैन,’ उनले थपे, ‘पटक–पटक सत्ता समीकरणमा हुने फेरबदल रोक्न पनि प्रत्यक्ष कार्यकारी राष्ट्रपतीय प्रणालीमा जानुपर्छ।’
 
सरकारमा को आउँछ र जान्छ भन्नेमा आफ्नो पार्टीलाई कुनै मतलब नभएको भन्दै संयोजक भट्टराईले राष्ट्रियता र लोकतन्त्रको जगमा टेकेर आर्थिक समृद्धिमा जानुको विकल्प नभएको दोहोर्‍याए। नयाँ शक्ति कुनै राजनीतिक पार्टीको परिवर्तित रुप नभएको पनि उनको भनाइ थियो। 

पार्टीको प्रदेश स्तरीय कार्यक्रमलाई सम्बोधन गर्न डा. भट्टराई झापा आएका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell