PahiloPost

May 14, 2025 | १ जेठ २०८२

अर्थमन्त्री महरा भन्छन्- 'कर प्रणालीलाई समयअनुसार परिवर्तन गरौं'



पहिलोपोस्ट

अर्थमन्त्री महरा भन्छन्- 'कर प्रणालीलाई समयअनुसार परिवर्तन गरौं'

काठमाडौं : उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले अहिले भएको कर प्रणालीलाई परिवर्तन गर्दै लैजानुपर्ने बताएका छन्।
 
राजधानीमा आन्तरिक राजस्व विभागले आज गरेको एक कार्यक्रममा मन्त्री महराले यस्तो बताएका हुन्। अहिले भएको राजस्वलाई वृद्धि गर्न पनि परिवर्तित कर प्रणालीको अवधारणा ल्याउनुपर्नेमा उनले जोड दिए।
 
'कर संकलनको विषय जनतासँग जोडिनुपर्छ र यो पनि विषय बन्न जरुरी छ,' उनले भने, 'नयाँ संविधान जारी भएसँगै मुलुकलाई आर्थिक दायित्व बढेकाले राजस्व संकलन वृद्धिका लागि सबैले आफ्नो ठाउँबाट पहल गर्नैपर्छ।'

तीन दिनसम्म भएको सो कार्यक्रममा राजस्व संकलनको प्रभावकारिता सम्बन्धी २१ बुँदे घोषणपत्र समेत जारी गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell