काठमाडौं : सिन्धुपाल्चोकको मेलम्ची-८, गिरानचौरमा एकीकृत बस्ती निर्माण गरिरहेका कलाकार धुर्मुस-सुन्तलीलाई नेपाली सेनाले श्रमदान गरेर सहयोग गरेको छ।
बस्ती निर्माणका लागि धुर्मुस-सुन्तली फाउण्डेशनले अपील गरेपछि सैनिक हेडक्वाटरको निर्देशनअनुसार मेलम्ची सत्रुभञ्जन गुल्मबाट २६ जनाको टोली गिरानचौर पुगेको हो।
उपसेनानी नेतृत्वको तालिमप्राप्त सेनाको टोलीले एकीकृत बस्तीमा निर्माण गरिने सामुदायिक भवन तथा ६ वटा घर बनाउन श्रमदान गर्न थालेको छ। नेपाली सेनाले सिन्धुपाल्चोकको भोटेनाम्लाङ, भोटेचौर, तौथली र भीमटारमा भूकम्पपीडितका लागि घर बनाएर हस्तान्तरण गरिसकेको छ।
गिरानचौर एकीकृत बस्ती निर्माण कार्य उदाहरणीय भएको भन्दै सैनिक श्रीमती संघले आर्थिक सहयोग गरेका कारण पनि श्रमदान गर्न सैनिकको टोली पठाइएको सत्रुभञ्जन गुल्म मेलम्चीका सेनानी श्याम गोतामेले बताए। बस्ती निर्माणका लागि सैनिक श्रीमती संघले १४ लाख रुपैयाँ आर्थिक सहयोग गरिसकेको छ।
दसैंअघि नै बस्ती हस्तान्तरण गर्नका लागि जनशक्तिको आवश्यकता परेको खण्डमा थप सहयोग गर्न सेना तयार रहेको गोतामेले बताए। फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल (धुर्मुस) ले पहिलो बस्ती निर्माणको समयमा सेनाले ठूलो सहयोग पुर्याएको भन्दै अहिले प्राप्त सहयोगले समयमै बस्ती हस्तान्तरण गर्न आँट बढेको प्रतिक्रिया दिएका छन्।