PahiloPost

Apr 30, 2026 | १७ बैशाख २०८३

भाजपा नेता जोली भन्छन्- 'नेपालीलाई विपत् पर्दा राजा चुप बसे, राजतन्त्र पुनर्स्थापना असम्भव'



पहिलोपोस्ट

भाजपा नेता जोली भन्छन्- 'नेपालीलाई विपत् पर्दा राजा चुप बसे, राजतन्त्र पुनर्स्थापना असम्भव'

नयाँदिल्ली : भारतीय सत्तारुढ दल भाजपाका प्रभावशाली नेता तथा नेपाल मामिलाका जानकार विजय जोलीले नेपालमा अब कुनै हालतमा राजतन्त्र पुनर्स्थापना हुनै नसक्ने ठोकुवा गरेका छन्।
 
नयाँदिल्लीमा पत्रकारसँगको कुराकानीमा जोलीले भने, ‘नेपाली जनताले जीवित भगवान् मानेका राजाले विपत‍ पर्दा जनतालाई राहत दिनु त परको कुरा, उनी पीडित जनतासामु देखासमेत परेनन्, त्यसैले उनलाई फेरि जनताले पत्याउन गाह्रो छ।’ यद्यपि राजालाई नेपाललाई रुल गर्न इच्छा भए प्रजातान्त्रिक अभ्यासमार्फत जनतामा जानुपर्ने जोलीको धारणा छ।
 
ओलीको बहिर्गमन अहिलेको आवश्यकत्ता रहेको भन्दै जोलीले अब बन्ने सरकार र भारतबीच सुमधुर सम्बन्ध रहने र नेपालमा भारतविरोधी भावना कम हुने विश्वास व्यक्त गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell