PahiloPost

Feb 28, 2025 | १६ फागुन २०८१

​बर्थ डे केकबाट निस्केको आगोले लियो १३ को ज्यान, ६ बाँच्न संघर्षरत



पहिलोपोस्ट

​बर्थ डे केकबाट निस्केको आगोले लियो १३ को ज्यान, ६ बाँच्न संघर्षरत

उत्तरी फ्रान्सको एक बारमा बर्थ डे केकबाट निस्किएको आगो सल्किँदा कम्तिमा पनि १३ जनाको मृत्यु भएको छ। घटनालाई मिडियाले दशककै सबैभन्दा खतरनाक आगोका रुपमा व्याख्या गरेका छन्। सिटी सेन्टरमा रहेको अउ कुवा लिवरेमा मध्यरातबाट आगलागी सुरु भएको थियो भने मध्यरात १२:२० मा अग्नि नियन्त्रक पुगेका थिए।

आगलागीमा परेर मर्नेहरु अधिकांश १८ देखि २५ वर्षका छन्। ६ जना नराम्ररी घाइते भएका छन् जसमध्ये एकजनाको अवस्था चिन्ताजनक छ। सुरक्षा निकायले बार युवाहरुक भिडले खचाखच थियो।

फुटेका झ्यालका सिसाबाट बारभित्र जलेका सामग्री, मदिराका बोतलहरु देख्न सकिन्छ।

प्रधानमन्त्री मेनुअल भल्सले १३ जनको निधनमा गहिरो शोक व्यक्त गरेका छन्।

स्थानीय सुरक्षा निकायले त्यसलाई दुर्घटना भएको बताएको छ तर अनुसन्धान थालिएकाले अझै घटनाको कारण खुलिसकेको छैन।

'त्यहाँ कुनै पनि विस्फोट भएको थिएन, बर्थ डे पार्टीमा प्रयोग हुने क्यान्डलमात्र प्रयोग भएको थियो,' समाचार संस्था एएफपीले एक प्रहरी अधिकारीलाई उदृत गर्दै लेखेको छ।

बर्थ डे केकमा बालिएको आगो पोलिस्टरमा आधारित सिलिङसम्म पुगेको थियो। बेसमेन्ट रुममा भएकाले त्यहाँ विषालु ग्यास उत्पन्न भयो जसले धेरैलाई ढलाएको प्रहरीले जनाएको छ।

'सिटी सेन्टरको बारमा आगजनी भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ, १३ जनाको मृत्यु र अन्य ६ जना घाइते भएका छन् र ५० अग्निनियन्त्रक त्यहाँ पुगेर स्थितिलाई नियन्त्रणमा लिए,' गृह मन्त्री वर्नार्ड काजेनेभीले वक्तव्य जारी गर्दै भनेका छन्।
फोटो : एएफपी



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell