
वाल्ट डिज्नी यस वर्षको ब्रान्ड फाइनान्सको सूचीमा विश्वकै सबैभन्दा शक्तिशाली ब्रान्ड बन्न सफल भएको छ।
सिन्ड्रेला र मिक्की माउस तथा पछिल्लो समय स्टार वार्स फिल्मका निर्माता डिज्नीले लेगोलाई पछि पार्दै शक्तिशालीको सूचीमा आफूलाई स्थापित गरेको हो। सूची मानिसको झुकाव, प्रवर्द्धन, त्यहाँका कर्मचारीको सन्तुष्टि लगायतका तथ्यहरुको आधारमा तयार गरिन्छ।
स्रोत र समर्थन दुवैका आधारमा विश्वको सबैभन्दा शक्तिशाली ब्रान्ड भएको डिज्नीलाई सिल्भर स्क्रिनकै सफलताको रुपमा ब्रान्ड फाइनान्सले उल्लेख गरेको छ।
डिज्नीलाई पछ्याउँदै लिगो दोस्रो स्थानमा छ। सन् २०१५ मा यो शीर्ष ब्रान्ड थियो। तेस्रो स्थानमा दुई एल ओरेल र प्रिन्स वाटरहाउस कोपर्स रहेका छन्। कोपर्स बित्तीय सेवा प्रदायक कम्पनी हो।
यो सूचीको दशौं स्थानमा छ गुगल।
१०० पूर्णाङ्क दिएर ब्रान्डका विशेषताहरु तय गरिएको थियो त्यस आधारमा अंक निर्धारण गर्दै सूची तयार भएको हो। शीर्ष १० ब्रान्ड भित्र पर्न कम्तिमा पनि १०० मा ८९.५ अंक ल्याउन पर्यो यसपाला।