PahiloPost

Jul 24, 2026 | ८ साउन २०८३

​बलि दिन पाउनुपर्ने विश्व हिन्दु महासंघको माग



पहिलोपोस्ट

काठमाडौँ : विश्व हिन्दु महासङ्घले यही साउन २० गते बलिप्रथा रोक्ने सर्वोच्च अदालतको निर्णय सच्याउन माग गरेको छ।
 
आज एक विज्ञप्ति जारी गरी महासङ्घले सर्वोच्च अदालतले आस्थाको निर्णय गर्न नमिल्ने बताउँदै यो प्रथा मान्छौँ भन्नेलाई नमान भन्ने अधिकार कसैलाई नभएको उल्लेख गरेको छ।
 
नेपालको गौरवपूर्ण सनातन परमपरा र धर्म संस्कृतिसँग जोडिएको आस्थाको विषयमा अदालतले गरेको यस निर्णय पुनर्विचार गरी खारेज गर्न आग्रह गरिएको महासङ्घका अध्यक्ष डा रामचन्द्र अधिकारीले बताए।

बलिप्रथा, मस्टो, दशैँमा गरिने मौलो पूजा, कोटमा दिइने भोगबली, गोरखनाथको खोरखकाली, मनकामना, दक्षिणकाली जस्ता हजारौँ हजार शक्तिपीठ केन्द्रहरुमा मात्र कुल पूजामा समेत बलि दिने सांस्कृतिक परम्परा रहेकाले यसलाई रोक्न नमिल्ने महासङ्घको भनाइ छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell