PahiloPost

Feb 28, 2025 | १६ फागुन २०८१

प्रचण्डसँगको 'प्रेम'मा पछुताउँदै ओली, भन्छन् : मसँग पनि लभ गरे तर धोका दिए



पहिलोपोस्ट

प्रचण्डसँगको 'प्रेम'मा पछुताउँदै ओली, भन्छन् : मसँग पनि लभ गरे तर धोका दिए

काठमाडौँ : नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र)ले आफूसँगको सहयात्रामा धोका दिएको बताएका छन्।
 
जापानको हिरोसिमा र नागासाकीमा एटम बम हमला भएको ७१औँ स्मृति वर्षका सन्दर्भमा आज यहाँ नेपाल अफ्रो–एसियाली जनएकता सङ्गठन (आप्सो)ले आयोजना गरेको ‘एसियामा आणविक अस्त्रको अविछिन्न सन्त्रास’ विषयक गोष्ठीमा अध्यक्ष ओलीले जहाँ पुग्यो त्यहीँ प्रेम (लभ) गर्नेहरुसँगको सङ्गतका कारण आफू सरकारबाट बाहिरिनुपरेको टिप्पणी गरे।
 
संसद्मा अविश्वासको प्रस्तावको छलफलपछि अध्यक्ष ओलीले यही साउन ९ गते प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए।
 
आप्सोका अध्यक्षसमेत रहेका उनले भने – “साथीहरु जहाँ पुग्यो त्यहीँ ‘लभ’ गर्दारहेछन्, मधेसमा पुग्यो त्यहीँ ‘लभ’ गर्ने, पहाडमा गयो त्यहीँ ‘लभ’ गर्ने, गत वर्ष मसँग पनि ‘लभ’ गरे तर धोका दिए।”
 
अध्यक्ष ओलीले साना स्वार्थले मानव जातिको विकासको बाटो लिन नहुने भन्दै विश्वलाई शस्त्रास्त्रमुक्त पार्नुपर्नेमा जोड दिए। 
रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell