PahiloPost

Apr 22, 2025 | ९ बैशाख २०८२

​नेपालका पर्शुराम, सरिता र एलिसालाई स्वर्ण



पहिलोपोस्ट

​नेपालका पर्शुराम, सरिता र एलिसालाई स्वर्ण

काठमाडौं : भारतको कोलकातामा जारी दोश्रो अन्तर्राष्ट्रिय कराते च्यापिम्पयनसीपको पहिलो दिन नेपाली खेलाडीले ३ स्वर्ण र १ कास्य जितेका छन्।
 
पुरुषतर्फ पर्शुराम बाँस्तोला र महिलामा सरिता श्रेष्ठले एकल कातामा नेपाललाई स्वर्ण दिलाए। पर्शुरामले बंगलादेशलाई ५–०, सिंगापुरलाई ३–२ तथा भारतलाई ५–० ले पराजित गरे।
 
सरिताले भारतलाई ३–२, सिंगापुरलाई ४–१ तथा बंगलादेशलाई ५–० ले हराइन्।
 
महिला ५० केजीमा स्वर्ण जितेकी एलिसा लामाले फाइनलमा बंगलादेशकी खेलाडीलाई ४–२ ले पाखा लगाएकी थिइन्। त्यसअघि एलिसाले भारतलाई ८–० र सिंगापुरलाई ५–४ ले पन्छाएको भारतबाट स्वर्ण विजेता पर्शुरामले पठाएको इमेलमा उल्लेख छ।
 
पुरुष ६७ केजीमा मोहन कार्कीले कांस्यमा चित्त बुझाए। पहिलो चरणमा भारतलाई ६–० ले निराश पारेका मोहनले क्वाटरफाइनलमा बंगलादेशी खेलाडीलाई ४–२ ले हराउदै सेमिफाइनल यात्रा तय गरेका थिए। सेमिफाइनलमा मोहन सिंगापुरका खेलाडीसंग ४–६ ले चुकेपछि कांस्यमा सीमित भएका हुन्।
 
फोटो : राखेप



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell