PahiloPost

May 23, 2026 | ९ जेठ २०८३

​फोटोमा हेर्नुस क्रसमाण्डु च्याम्पियनसिपमा रेसरको बाइक नै पल्टेपछि

​फोटोमा हेर्नुस क्रसमाण्डु च्याम्पियनसिपमा रेसरको बाइक नै पल्टेपछि

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौ : शनिबार राजधानीको तीनकुनेमा क्रसमाण्डु नेसनल च्याम्पियसिप २०१६ सम्पन्न भयो। नेपाल मोटरसाइकल फेडेरेसन एनएमएफ को आयोजनामा भएको उक्त च्याम्पियनसिपमा तीन दर्जन भन्दा बढी अफरोड डर्ट बाइक राइडरको सहभागिता थियो। 


तिनकुनेमा निर्माण गरिएको करिब ५० मिटरको अफरोड ट्रयाकमा बाइक राइडरहरुले आफ्नो रेसिङ कला प्रस्तुत गरे। तर पहिलो पटक आयोजना भएको यस्तो खालको च्याम्पियनसिपमा केही रेसरहरु अफरोडमै बाइकसँग लडे त कती रेसर घाइते भए।

उक्त च्याम्पियनसिपमा ओस्कार श्रेष्ठ विजेता बने। यस्तै प्रशान्त कार्की फस्टरनरअफ तथा सुरज डन्डेगुलु सेकेण्ड रनरअफ बने। 

च्याम्पियनसिपको क्रसफाएर बाइकले मुख्य प्रायोजन गरेको थियो। अफरोड बाइक राइडिङ रुचाउने राइडरहरुको लागि यसले उपयुक्त प्लार्टफर्म स्थापना गर्ने र नयाँ पहिचान स्थापित गर्ने आयोजकको विश्वास छ। 


ट्रेन्डिङ पोस्ट

Ncell