PahiloPost

Feb 28, 2025 | १६ फागुन २०८१

बाराक ओवामाकी कान्छी छोरी रेष्टुरेण्टमा वेट्रेस!



पहिलोपोस्ट

बाराक ओवामाकी कान्छी छोरी रेष्टुरेण्टमा वेट्रेस!

सासा ओबामा, जसले आफ्ना १५ मध्ये आठ वर्ष ह्वाइट हाउसको सुविधासम्पन्न जीवन विताइन्,  उनी यो गर्मी महिनामा अर्को जीवन कस्तो हुन्छ पढ्दैछिन्।
 
त्यही अर्को जीवन जान्नका लागि अमेरिकी राष्ट्रपति बराक ओबामाकी कान्छी छोरी सासा अहिले मार्थाको भिनयार्डमा नान्सी सिफुड रेष्टुरेण्टमा काम गरिरहेकी छिन्। उनले उही वर्षौं पुरानो प्रश्न सोध्छिन्, के यसमा फ्रेन्च फ्राइज थप्न चाहनुहुन्छ?
 
बोस्टन हेराल्डका अनुसार सासाले न्यान्सी रेष्टुरेण्टमा नताशा नामबाट काम गरिरहेकी छन्। क्यास रजिष्ट्रर गर्नेदेखि उनी टेवल सफा गर्ने तथा लञ्चका लागि रेष्टुरेण्ट खुल्नु अघिको सबै तयारीमा सहभागी हुन्छिन्।
 
'हामी सँधै अचम्म पर्दथ्यौं, छ जनाले ती युवतीलाई किन सहयोग गरिरहेका थिए, त्यसपछि अहिले बल्ल हामीले थाहा पायौं उनी को हुन्?,' बिजी आइस्ल्याण्ड रेष्टुरेण्टका एक कर्मचारीले बताए, 'उनले रेष्टुरेण्टमा सर्भ गरिरहेकी छन्, अर्डर लिइरहेकी छन्, हामीले उनलाई यहाँ पाएपछि खुशी छौं, सम्भवत यो व्यापारका लागि पनि सुखद हुनेछ।'
 
भित्र सासाले काम गरिरहेकी छिन्, र उनलाई बाहिर छ जना सेक्रेट सर्भिसका एजेण्टले निगरानी गरिहरेका छन्। उनीहरु रेष्टुरेण्ट बाहिर एउटा ठूलो एसयुभी गाडीबाट सासालाई निगरानी गरिरहेका हुन्छन्।
 
जब सासाको काम गर्ने सिफ्ट सकिन्छ, तब उनी साथीलाई लिएर आफूलाई सुरक्षा दिइरहेका सुरक्षाकर्मीलाई पेय पदार्थ सर्भ गर्छिन्। उनी कामको बेला न्यान्सीकै निलो टिसर्ट र बेसवल क्याप लगाएर काम गर्छिन्।
 
न्यान्सी राष्ट्रपति परिवारका लागि रुचाइएको रेष्टुरेण्ट हो। हरेक वर्षको मार्था भिनयार्ड समर भ्याकेसनमा उनीहरु यहाँ समुन्द्री खानाका लागि आउने गर्छन्। राष्ट्रपति ओबामा न्यान्सीका मालिक जोय मोउजाब्बरको साथी समेत हुन्। त्यही कारण सासाले समर जबका लागि यो ठाउँ छानेको बताइएको छ।
 
ह्वाइट हाउसले भने यो विषयमा प्रतिक्रिया दिन अस्वीकार गरेको छ।
 
राष्ट्रपति र पत्नी मिसेल ओवामा आफ्ना छोरीहरुलाई राष्ट्रपतिका छोरीका रुपमा नभएर साधारण व्याक्तिका रुपमा हुर्काउन चाहन्छन्। त्यही कारण सासालाई साधरण युवती जसैगरी समर जवका लागि उनीहरुले पठाए।
 
ओबामाकी कान्छी छोरीले बिहानीको चार घण्टाको सिफ्टमा काम गर्छिन्। ३५० सिट क्षमताको यो रेष्टुरेण्ट निक्कै व्यस्तमध्ये एक हो। उनी केही दिनदेखि हामीसँग छन्,  टेकआउट विन्डोमा काम गर्ने एक युवतीले भनिन्, 'हाम्रा लागि यो अद्वितीय अनुभव हो।'
 
न्यान्सीका प्रवन्धकले पनि यो विषयमा विस्तृत कुराकानी गर्न अस्वीकार गरे। उनले भने समर जबका लागि आउने कामदारले प्रतिघण्टा १२ देखि १५ डलर पाउँछन्।
 
१२ वर्षका टेलर इभान्सले शासासँग चिकेन, फ्राइज र स्प्राइट अर्डर गरेको बताए। उनले भने सायद उनी अझै पनि तालिममा हुनुपर्छ। मैले मेरो अर्डर धेरै पटक उनलाई दोहोराउनुपर्यो।
 
टेलरले सासासँग तस्वीरका लागि आग्रह समेत गरेका थिए। तर उनले आफू काममा भएको भन्दै नियमअनुसार तस्वीर खिच्न नमिल्ने जवाफ फर्काइन। शनिबार सासाको पूरै परिवार दुई साताको भिनयार्ड भ्याकेसनका लागि आएको छ। यसको मतलव अब उनको समर जब सम्बन्धी तालिम पनि सकिएको छ।
 
सासाकी दिदी मालियाले पनि सन् २०१७ मा हाभार्ड विश्वविद्यालय ज्वाइन गर्नेछिन्। यो वर्षको अन्तिममा उनका पिता बाराकले ह्वाइट हाउस छाड्नेछन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell