PahiloPost

May 12, 2024 | ३० बैशाख २०८१

​नेविसंघ महाधिवेशनमा सुरक्षाकै चिन्ता, २ हजारभन्दा बढी प्रहरी परिचालन



सविन ढकाल

​नेविसंघ महाधिवेशनमा सुरक्षाकै चिन्ता, २ हजारभन्दा बढी प्रहरी परिचालन

काठमाडौं : ९ वर्षपछि हुन लागेको नेपाली काङ्ग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)को ११ औं महाधिवेशनले भृकुटीमण्डप र त्यसका आसपासका क्षेत्र गर्माएको छ।

नेविसंघको महाधिवेशन र निर्वाचनमा झडप र विवाद सधैं जोडिएरै आउने गर्छन्। त्यसैले हुनुपर्छ यसापाला सुरक्षाको बन्दोबस्ती तगडा पारिएको देखिन्छ।

महाधिवेशनको औपचारिक उद्‍घाटन हुनै लाग्दा एक गुट विद्यार्थी आफ्ना माग सम्बोधन नगरी महाधिवेशन गरे महाधिवेशन नै भाड्ने तयारीमा छन्। अर्काथरी विद्यार्थी जसरी पनि महाधिवेश गरिछाड्ने मुडमा छन्। दुई पक्षको जुहारीका कारण यसपटकको महाधिवेशन सुरक्षित र मर्यादित होला त? परिचालन भएका सुरक्षाकर्मीको संख्याले थप शंशय सिर्जना गरेको छ।

 
चौकन्न सुरक्षा निकाय

आज बिहानबाट नै महाधिवेशनस्थल भृकुटीमण्डपको सुरक्षा कडा बनाएको छ। भृकुटीमण्डप प्रवेश गेटबाट नै सुरक्षा चेकजाच राखिएको छ। अहिले भृकुटीमण्डपमा करिब १ हजार नेपाल प्रहरी तैनाथ भएको एक सुरक्षा अधिकारीले पहिलोपोस्टलाई जानकारी दिए। त्यत्तिकै संख्यामा सशस्त्र प्रहरी परिचालन गरिएको छ।
 
'गुटउपगुट भएका कारणले यसपटक सुरक्षा कडा पारिएको हो। पदाधिकारी बस्ने होटेल, खाना खाने स्थान, कार्यक्रम हुने मञ्चसम्म कडा रुपमा प्रहरी गरिचालन गरेका छौं,' नेपाल प्रहरीका एक अधिकारीले जानकारी दिए।
सुरक्षाको खतरालाई महसुस गरेर महाधिवेशनस्थलमा ४ वटा सीसी क्यमरा जडान गरिएको छ। आज बिहानै नेपाल प्रहरीको विशेष कुकुरले भृकुटीमण्डपको निरीक्षण गरिएको थियो। सुरक्षाको लागि नै आज दिउँसोबाट भृकुटी मण्डपभित्र कुनै पनि सवारी साधन, झोला, व्याग लगायतका सामान लिएर छिर्न निषेध गरिएको छ। आवश्यकता अनुसार प्रहरीको सङ्ख्या थप गरिने तयारी छ।
 

जताततै तुल र व्यानर

महाधिवेशनस्थल भृकुटीमण्डपमा बिहान देखि नै आफ्ना समर्थक र प्रतिनिधिको फोटो, व्यानर र तुल टाँग्न व्यस्त देखिन्छन् विद्यार्थीहरु। अहिले भृकुटीमण्डप व्यानर र तुलमात्र देख्न सकिन्छ। नेपाल विद्यार्थी संघका प्रवक्त युपी लामिछानेले भने आज दिउँसो २ बजे पछि सबै भृकुटीमण्डप भरिका तुल, व्यानरहरु हटिसक्ने बताए। महाधिवेशनको  आचार संहिता अनुसार प्रतिनिधि आफूले टागेको व्यानर, तुल आफैँ हटाउनुपर्छ। 

खाना बस्ने व्यवस्था

महाधिवेशनमा सहभागी हुन देशभरबाट करिब ३४ सय महाधिवेशन प्रतिनिधि राजधानी आइपुगिसकेका छन्। महाधिवेशन समितिले तिनको लागि बस्ने खाने व्यवस्था गरेको छ। आज साँझबाट खाने र बस्ने व्यवस्था नेविसंघले नै गर्ने छ। राजधानीका विभिन्न होटलका १ सय ३ कोठा प्रतिनिधिका लागि बस्ने व्यवस्था मिलाइएको छ। बिहान पाउरोटी चिया र दुई छाक खानाको व्यवस्था छ। एक दिन खानामा मासु समेत राखिएको छ। आज दिउँसोबाट बाल्मिकी र विश्वभाषा कलेजबाट खाना र बस्नको लागि कुपन वितरण हुने लामिछानेले बताए।
 
महाधिवेशन लागेसँगै राजधानीको भृकुटीमण्डप बेहुली जस्तै सजिएको छ। यसपटकको महाधिवेशनमा करिब २ सय जनाले पदाधिकारीको लागि दावी गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell