PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

१९ फोटोमा हेर्नुस् ठमेलमा भएको आगलागी जसले ६ वटा पसलका सामान खरानी बनाइदियो

१९ फोटोमा हेर्नुस् ठमेलमा भएको आगलागी जसले ६ वटा पसलका सामान खरानी बनाइदियो

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौँ :  ठमेलको नरसिंह चोकनजिकैको चिबहालमा आज बिहान करिब सवा नौ बजे लागेको आगोले एकछिन पर्यटकीय क्षेत्र ठमेललाई आतंकित बनाइदियो।

दमकल, नेपाल प्रहरी, नेपाली सेना र स्थानीयको सहयोगमा करिब आधा घण्टापछि आगो नियन्त्रणमा लिइएको जुद्ध वारुण यन्त्रका प्रमुख किशोर भट्टराईले बताए। 

जुद्ध वारुण यन्त्रको तीन, नेपाली सेनाको एकलगायत पाँच वटा दमकलले आगो नियन्त्रणमा लिएका थिए। माइहोम लेखिएको भवनको चौथो तल्लाका केही पसलमा लागेको आगोका कारण  ६ वटा पसलका सामानहरु खरानी भएका छन्। 

पर्यटकलाई लक्षित गरी खोलिएका ती पसलहरुमा ब्याग, कपडा, जुत्ता, छालाका सामान रहेको पसल धनी सुरज श्रेष्ठले बताए। आफूले पसलको बीमा नगरेको र क्षति अहिले नै यकिन गर्न नसकिएको उनले बताए। 

आगलागीबाट मानवीय क्षति नभएको नेपाल प्रहरीले जानकारी दिएको छ। विद्युत सर्टसर्किटका कारण आगो लागेको हुनसक्ने अनुमान गरिएको छ। 


 







 


ट्रेन्डिङ पोस्ट

Ncell