PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

आठ हजारमै सुविधासम्पन्न फ्ल्याट!



अमर बडुवाल

आठ हजारमै सुविधासम्पन्न फ्ल्याट!

काठमाडौं : राजधानीमा कोठा महँगिएर कामकाजीलार्इ मासिक तलबले पुर्‍याउनै हम्मे छ। राजधानीका धेरै ठाउँमा एउटा सानो कोठाकै चार हजार रुपैयाँभन्दा बढी पर्न थालिसक्यो। तर, रत्नपार्कबाट ९ किलोमिटरको दुरीमा रहेको कीर्तिपुरमा अहिले पनि दुर्इ हजारमै राम्रो कोठा पाइन्छ। अझ फल्याट त ८ हजार रुपैयाँसम्मै पाउन सकिन्छ। कीर्तिपुरमा अहिले औशत २५ सय रुपैयाँ कोठा भाडामा पाइन्छ। सुविधा हेरेर केही घरबेटीले ३ हजारसम्म लिने गरेका छन्।

कैलाली घर भइ कीर्तिपूर बस्दै आएकी निशा बोगटी मासिक २ हजार भाडा तिर्छिन्। दाङका शेरबहादुर ओलीले पनि कीर्तिपुरमा १५ सय भाडा तिरेर बसेका छन्। उनले मासिक ३ सय भाडा तिरेर कीर्तिपुरमा बस्न थालेका थिए। अहिले महँगिएर घरभाडा १५ सय पुगेको सुनाए।

परिवारसहित बस्नेलाई फल्याट झनै सस्तो

कामकाजीलार्इ कीर्तिपुरको भत्केपाटीमा फ्ल्याट झन सस्तोमा मिल्छ। स्थानीय दुर्गा महर्जनले कामकाजीलार्इ भत्केपाटीमा सुविधा सम्पन्न फल्याट सस्तो मूल्यमा दिने गरिएको बताए। उनले तीन कोठाको फल्याट साढे ६ हजार रुपैयाँमै पाइने जानकारी दिए। उनका अनुसार सुविधा हेरेर मूल्य ८ हजार रुपैयाँसम्म पर्छ।

२४ सै घण्टा पानी आउने, अट्याच किचन र बाथरुम भएको फल्याट ८ हजारमै उपलब्ध छ यहाँ।


रुम रेन्टल सर्भिस

कीर्तिपूरमा दुई वटा कोठा भाडा खोज्ने कम्पनी छन्। कीर्तिपूर टु-लेट एजेन्सी र जी एण्ड एस रुम प्रोभाइडरले सहजै कोठा खोजिदिन्छन्। ग्राहकले आफूलार्इ आवश्यक पर्ने कोठा र मूल्य सहितको फर्म भरेर छाडेपछि कोठा खोजेर दिने गरिएको जी एण्ड एस रुम प्रोभाइडरका संचालक ग्यालेन महर्जनले बताए। उनका अनुसार समान्य शुल्क लिएर कोठा खोजेर उपभोक्तालार्इ दिने गरिएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell