PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

पर्सालाई ट्रान्जिट प्वाइन्ट बनाएर पहाडको गाजा-चरेस भारततिर



राधेश्याम पटेल

पर्सालाई ट्रान्जिट प्वाइन्ट बनाएर पहाडको गाजा-चरेस भारततिर

वीरगंज : नेपालमा प्रतिबन्धित लागूऔषध गाँजा र चरेसको तस्करीमा पर्सा ट्रान्जिट प्वाइन्ट बन्न थालेको छ। पर्सा वन्यजन्तु आरक्षको बाटो प्रयोग गरी पर्साको विभिन्न गविस हुँद तस्करीको गाँजा र चरेस भारत पुग्नु यसको उदाहरण हो। तस्करी हुने गाँजा चरेस नेपालको पहाडी जिल्ला मकवानपुर, धादिङ र चितवनबाट तस्करहरुले ल्याउने गरेको पर्सा प्रहरीको भनाई छ। पर्सा प्रहरी उपरीक्षक राजुबाबु श्रेष्ठका अनुसार हाल जति पनि गाँजा, चरेस पक्राउ परेको छ, सबै नेपालकै पहाडी जिल्लाबाट ल्याइएको अनुसन्धानले देखाएको छ।

'मेरै कार्यकालमा हजारौं किलो गाँजा र ४ सय किलो चरेस समातेका छौं,' उनले भने।

गाँजा उत्पादन हुने जिल्लामा प्रहरी प्रशासनले उत्पादन रोक्न सक्यो भनेमात्र गाँजा तस्करी अपराधलाई लगाम लगाउन सकिन्छ नत्र गाह्रो पर्ने पर्साका प्रहरी उपरीक्षक श्रेष्ठले भने।

पर्सामा तत्कालीन एसपी राजेन्द्रबहादुर श्रेष्ठ र रमेश खरेलको पालादेखि गाजा खेती धेरै नियन्त्रणमा आएको छ। त्यसयताका प्रहरीले पनि कडाइ गरिरहेका छन्। तर पहाडी डाँडामा तस्कर गाजा खेती गराउने सक्रिय छन्।

धादिङ, चितवन हुँदै मकवानपुरको चुरे क्षेत्र पार गरी पर्साको सुनवर्सा, मधुवन, मथवल, देउरिया, खजुरिया, शकरसरैया, निचुटा र पटेर्वा सुगौलीसम्म सुरक्षित रुपमा गाँजा चरेस तस्करी हुने गरेको छ। यसरी आइपुगेका गाँजा र चरेस भारतसँग सीमा जोडिएका पर्साका गाउँहरु खेसराहा, परसौनी, महादेवपट्टी, विजयबस्ती, पिपरडाढी, जानकीटोला, सबैठवा, बिसुनपुरवा, पाण्डेपुर, मिर्जापुर, टिहुकी, भिस्वाको नाकाबाट पार हुने गर्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell