PahiloPost

Apr 28, 2024 | १६ बैशाख २०८१

रिचार्जमा रहेको समस्या सुल्टियो : नेपाल टेलिकम



पहिलोपोस्ट

रिचार्जमा रहेको समस्या सुल्टियो : नेपाल टेलिकम

काठमाडौं : दुई दिनदेखि समस्या रहेको नेपाल टेलिकमको रिचार्ज समस्या समाधान भएको छ।

नयाँ मोबाइल विलिङ सिस्टमको सफ्टवेयर अपग्रेडमा प्राविधिक समस्या आएका कारण पुरानै सफ्टवेयरमा लगेर सिस्टम मिलाइएको टेलिकम सह प्रवक्ता डिल्लिराम अधिकारीले बताए। सिस्टम मिलाएसँगै अब रिचार्ज सुचारु भएको उनले बताए।

शनिबारदेखि रिचार्जमा समस्या भएको नेपाल टेलिकमको सेवा आइतबार साँझबाट नियमित सुचारु हुने भएको छ। मोबाइल बिलिङ सिस्टमको सफ्टवेयर अपग्रेड गर्नुपर्ने भएकाले केही समस्या रहेको र आइतबार साँझबाट नियमित सेवा सुचारु हुने टेलिकमका सह प्रवक्ता अधिकारीले बताए।

तर एमपीओएस प्रविधिबाट रिचार्ज गर्न भने कुनै समस्या नरहेको उनले बताए। 
एनटी रिचार्ज कार्ड स्काई र प्रिपेड फोनमा समेत प्रयोग गर्न सकिने उनले बताए।
 
टेलिकमका प्रयोगकर्ताले शनिबारदेखि रिचार्जमा समस्या भएको गुनासो गरेका थिए। हाल भएको रिचार्ज गर्ने सिस्टम पुरानो भएको र ढिला रिचार्ज हुने गरेका कारण सफ्टवेयर थप गरी क्षमता विस्तार गर्न लागेको अधिकारीले जानकारी दिए।
 
 
मोबाइल ग्राहकको रिचार्ज क्षमता विस्तार गर्नका लागि भौचर मेनेज्मेन्ट सफ्टवेयर अपग्रेड गर्न लागिएको र दुईपटक सम्मको प्रयास असफल भएपछि समस्या सृजना भएको उनले बताए। नयाँ सफ्टवेयरले काम नगरे पुरानै सफ्टवेयरमा फर्काएर ग्राहकलाई सेवा दिइने उनले बताए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell