PahiloPost

Apr 22, 2025 | ९ बैशाख २०८२

इरानका न्युक्लियर वैज्ञानिक शाहराम अमिरीको हत्या



पहिलोपोस्ट

इरानका न्युक्लियर वैज्ञानिक शाहराम अमिरीको हत्या

इरानका न्युक्लियर वैज्ञानिक शाहराम अमिरीको हत्या भएको छ। हमीरीको हत्या भएको कुरा उनका परिवारले बताएको बिबिसीले उल्लेख गरेको छ।

अमिरीको आमाले उनको शरीर आफ्नो घर नजिकै फर्काइएको र घाँटीमा डोरीको डाम रहेको बताएकी छिन्। पछि उनको शव जलाइएको थियो।
अमेरिकाबाट फर्केपछि उनी गोप्य स्थानमा थिए। उनका अनुसार सिआईएले उनलाई त्यहाँ जबरजस्ती राखेको थियो। केही रिपोर्टका अनुसार अमीरीसँग इरानी न्युक्लियर कार्यक्रममो गहिरो ज्ञान थियो। 

सन् १९७७ मा जन्मेका अमिरी सन् २००९ मा धार्मिक यात्रामा साउदी अरेवियाको मेक्का गएपछि उनी बेपत्ता भएका थिए। त्यसको एक वर्षपछि उनी अमेरिका पुगेका थिए आफुलाई सिआईएले गोप्य जानकारी खोल्नका लागि मनोवैज्ञानिक दबाब दिँदै किडन्याप गरेको बताएका थिए। 

अमेरिकाले बनाएको भिडियोमो उनले आफूलाई थाहा नभएको एउटा घरमा उनीहरुले लगेको र एनाएस्थेटिक इन्जेक्सन दिएको बताएका थिए। 

एक अर्को भिडियोमा उनले आफू अमेरिको कस्टडी बाट भाग्न सफल भएको दाबी गरेको थिए।

सन् २०१० मै उनी तेहरान फर्केका थिए। तर २०११ मा उनी पुन पक्राउ परेको थियो। त्यसको ५ वर्षपछि उनकै परिवारले उनको मृत्युको पुष्टि गरेको छ। 


 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell