PahiloPost

Jun 18, 2024 | ५ असार २०८१

​अस्पताल पुगेर अनशनकारीलाई देउवाले भने : माग पूरा हुन्छ



रमेश वाग्ले

​अस्पताल पुगेर अनशनकारीलाई देउवाले भने : माग पूरा हुन्छ

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबादुर देउवाले नेविसंघ अधिवेशनका विषयलाई लिएर आमरण अनसनमा बसेका विद्यार्थीहरुलाई अस्पतालमै पुगेर भेटेका छन्। ६ दिनसम्म रिले अनशन बसेपछि आमरण अनसनमा उत्रिएका उनीहरुको स्वास्थ्य अवस्था नाजुक भएपछि काठमाडौं मोडल अस्पतालमा भर्ना गरिएको थियो।

देउवाले अनशनरत विद्यार्थीहरु गणेश सापकोटा र रत्नहरि ढुङ्गेललाई मोडल अस्पतालमै पुगेर माग सम्बोधनमा आफैँले क्रियाशीलता लिने भन्दै अनसन तोड्न आग्रह गरे।

‘तपाईँहरुलाई नलिएर अधिवेशन गर्न सम्भव छैन त्यसैले भरेसम्म कुर्नुहोस् भन्नुभएको छ,’ अनसनमा रहेका सापकोटाले भने,  ‘हामीले यतिका दिन बसिसक्यौं अब माग पूरा गर्नुहोस् भनेका छौं।’

उनले माग सम्बोधन नभए छुट्टै अधिवेशन गर्ने जानकारी गराएको बताए।

अनशनकारीको नेतृत्व गरिरहेका कुन्दन काफ्लेले भने सभापतिले अस्पताल पुगेर दिएको आश्वासन एकदमै सकारात्मक भन्दै माग सम्बोधन पनि त्यही ढंगले हुनेमा आशावादी रहेको बताए।

उनले भने, ‘हाम्रा साथीहरुलाई अनसन तोडेर हामी चाँडो सुरक्षित गर्न चाहन्छौं, सभापतिले भनेजस्तै माग सम्बोधनका लागि आवश्कय कदम र निर्देशन अघि बढाउन जरुरी छ।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell