PahiloPost

Jul 24, 2026 | ८ साउन २०८३

​प्रतिस्पर्धा गरिरहँदा फ्रेन्च जिम्न्यास्टको खुट्टा भाँचियो

​प्रतिस्पर्धा गरिरहँदा फ्रेन्च जिम्न्यास्टको खुट्टा भाँचियो

पहिलोपोस्ट /पहिलोपोस्ट


ब्राजिलको रियो दि जेनेरियोमा जारी रियो ओलम्पिकका क्रममा आफ्नो स्पर्धामा प्रतिस्पर्धा गर्दै गर्दा फ्रान्सेली जिम्न्यास्टिक खेलाडी समिर अइत सइदको खुट्टा भाँचिएको छ। 

भल्टबाट ल्याण्ड गर्ने क्रममा स्पर्धा उनको देब्रे खुट्टा भाँचिएको हो। उनको खुट्टा भाँचिएको आवाज खेल एरेनामा समेत सुनेको बताइएको छ। जसले खेलस्थल र टेलिभिजनमा प्रत्यक्ष हेरिरहेका दर्शकलाई सक्ड बनाएको थियो।

त्यसपछि सइद भूइँमा ढलेका थिए। उनलाई तत्कालै मेडिकल अफिसियलले स्ट्रेचरमा राखेर मैदान बाहिर लगेका थिए। 

सन् २०१४ मा भएको युरोपियन च्याम्पियनसिपमा स्वर्ण जितेको २६ वर्षे सइदले २०१५ मा भएको विश्व च्याम्पियनसिपमा भने रजतमै चित्त बुझाएका थिए। 

 


ट्रेन्डिङ पोस्ट

Ncell