PahiloPost

May 12, 2024 | ३० बैशाख २०८१

देउवा भन्छन्- संविधान कार्यान्वयन कुनै पनि हालतमा गरेरै छाड्छौँ, शंकै छैन



सविन ढकाल

देउवा भन्छन्- संविधान कार्यान्वयन कुनै पनि हालतमा गरेरै छाड्छौँ, शंकै छैन

काठमाडौँ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधान कार्यान्वयन कुनै पनि हालतमा गरेरै छाड्ने प्रतिवद्धता व्यक्त गरेका छन्। ९ वर्षपछि भएको भ्रातृ संगठन नेपाल विद्यार्थी (नेवि) संघको महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै देउवाले भने, 'संविधान कार्यान्वयनमा कुनै शंका लिनु पर्दैन।'

उनले नेविसंघको नेतृत्व चयनमा कुनै पनि पक्षको हस्तक्षेप नभएको र नहुने बताए। 'नेविसंघमा कुनै गुट उपगुट छैन', उनले भने, 'पार्टी सभापतिको नाताले सबैलाई सँगै लैजाने कर्तव्य मेरो हो र म त्यसलाई पूरा गर्नेछु।'

देउवाले अब देशको नेतृत्व नेविसंघकै नेताले गर्ने भएकोले सबै पक्षलाई मिलाएर लैजाने गुण नेविसंघका नेताहरुले देखाउनु पर्ने तर्क गरे। 

देउवाले गुटउपगुट छैन भने पनि अर्का वक्ता रामचन्द्र पौडेलले भने विद्यार्थी नेताहरु नेताको समर्थन लिन पछि लागेर गुटबन्दी देखिएको ठोकुवा गरे। पौडेलले अंकगणित र गुटबन्दी हटाउनु पर्ने बताए।

विधि र पद्दतिअनुसार नै नेतृत्व चयन गर्नुपर्नेमा केही नेताले विघ्नबाधा पुर्‍याउन खोजेको आरोप उनको थियो। 

राष्ट्रिय राजनीतिका विषयमा मन्तव्य राख्दै उनले संविधान कार्यान्वयनका लागि संशोधन गर्नुपर्ने भए व्यवहारिक पक्षलाई संशोधन गर्दै लैजानु पर्ने त्यसको नेतृत्व कांग्रेसले नै लिनुपर्ने बताए। 

त्यस्तै कृष्ण सिटौलाले विवादित विषयलाई संशोधन गरेर अघि बढी संविधान कार्यान्वयन गर्नुपर्ने बताए। यसका लागि कांग्रेसको भूमिका अहम् हुने उनको विचार थियो। 





@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell