ज्लाटन इब्राहिमोभिचले पहिलो कम्पिटेटिभ म्याचमा गोल गरेपछि म्यानचेष्टर युनाइटेडले यस सिजनको कम्युनिटी शिल्डको उपाधि जितेको छ।
आइतबार राती भएको खेलमा युनाइटेडले गत सिजनको इंग्लिस प्रिमियर लिग विजेता लेस्टर सिटीलाई २-१ ले हरयो। युनाइटेडले सन् २०१३ पछि पहिलो पटक कम्युनिटी शिल्डको उपाधि जिताउन इब्राहिमोभिचले विजयी गोल गरे।
प्रिमियर लिग विजेता र एफए कप विजेता बीच खेलिने यो प्रतियोगिता युनाइटेडले पछिल्लो पटक २०१३ मा जितेको थियो। युनाइटेड गत सिजनको एफए कप विजेता हो भने लेस्टरले इतिहासमै पहिलो पटक प्रिमियर लिग उपाधि जितेको थियो। यो पटक समेत गरेर युनाइटेडले कम्युनिटी शिल्को उपाधि सर्वाधिक २१ पटक जितिसकेको छ।
लण्डनको वेम्वले रंगशालामा खेलको ३२ औं मिनेटमा जेसे लिनगार्डले गोल गर्दै युनाइटेडलाई पहिले अग्रता दिलाए। पहिलो हाफमा एक गोलले पछि परेको इपिएल च्याम्पियन दोस्रो हाफमा खेलमा फर्कियो। ५२ औं मिनेटमा लेस्टरका स्ट्राइकर जेमी भार्डीले गोल गर्दै खेल १-१ को बराबरीमा ल्याए।
तर ८३ औं मिनेटमा म्यानचेष्टरका लागि इब्राहिमोभिचले गरेको गोल नै निर्णायक बन्दा युनाइटेड विजयी भयो। इब्राहिमोभिच यसै सिजन ओल्ड ट्राफोर्ड पुगेका हुन्। गत साता मात्र आफ्नै देश स्वीडेनमा गालातासारे विरुद्ध म्यानचेष्टर युनाइटेडका लागि डेब्यु गरेका इब्राहिमोभिचले पहिलो कम्पिटेटिभ म्याचमै उपाधि जित्न सफल भएका छन्।
इब्राहिमोभिचसँगै व्यवस्थापक माउरिन्होले डिफेन्डर एरिक बेली, मिडफिल्डर हेनरिक एमखितारिएनलाई नयाँ सिजनका लागि क्लब भित्र्याएका हुन्।
नयाँ प्रशिक्षक जोसे माउरिन्होको आगमनसँगै उत्साही बनेको रेड डेभिल्सलाई यस उपाधिले नयाँ सिजनको लागि उत्कृष्ट प्रदर्शन गर्न अझ उत्साह थप्नेछ।