PahiloPost

Mar 12, 2026 | २८ फागुन २०८२

पौडीबाज माइकल फेल्प्सको सफलता, थपियो १९ औं ओलम्पिक स्वर्ण



पहिलोपोस्ट

पौडीबाज माइकल फेल्प्सको सफलता, थपियो १९ औं ओलम्पिक स्वर्ण

अमेरिकी पौडीबाज माइकल फेल्प्सले करियरको १९ औं ओलम्पिक स्वर्ण पदक जितेका छन्। ब्राजिलको रियोमा जारी अोलम्पिक अन्तर्गत ४ गुणा सय मिटर फ्रिस्टायल रिलेमा फेल्प्सले स्वर्ण जित्दै ओलम्पिकमा स्वर्ण संख्या १९ पुर्याएका हुन्। रियो ओलम्पिककमा फेल्प्सको यो पहिलो स्वर्ण पदक हो। 


फेल्प्सले अमेरिकाको तर्फबाट दोस्रो नम्बर स्विमिङ गरेका थिए। पहिलो सय मिटरमा फ्रेन्च खेलाडीसँग पछि परेको अमेरिकालाई दोस्रो सय मिटरमा फेल्प्सले नै अग्रता दिलाएका थिए। त्यसपछि उक्त अग्रतालाई अन्य अमेरिकी खेलाडीले कायम राख्दा फेल्प्स १९ औं स्वर्ण जित्न सफल भए। फेल्प्ससँगै अमेरिकाकाे तर्फबाट काएलेब ड्रेसेल, राएन हेल्ड र नाथन एड्रियनले स्वर्ण जिते।


यस स्पर्धा अमेरिकाले ३ मिनेट ९.९२ सेकेण्ड समयमा पुरा गरेको थियो भने रजत जितेको फ्रान्सले ३ मिनेट १०.५३ सेकेण्डमा पुरा गर्यो। यस्तै अष्ट्रेलियाले ३ मिनेट ११.३७ सेकेण्ड सहित कास्य पदक जितेको छ।

फेल्प्सले ओलम्पिकमा २ रजत र २ कास्य समेत जितेका छन्। रियोमा स्वर्ण जितेसँगै फेल्प्सको कुल ओलम्पिक पदक २३ पुगेको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell