PahiloPost

Mar 1, 2025 | १७ फागुन २०८१

प्रधानमन्त्री प्रचण्डलाई भेटिन् अमेरिकी राजदूत टेप्लिट्सले



पहिलोपोस्ट

प्रधानमन्त्री प्रचण्डलाई भेटिन् अमेरिकी राजदूत टेप्लिट्सले

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपालका लागि अमेरिकी राजदूत अलेना बी टेप्लिट्सबीच आज भेटवार्ता भएको छ।
 
प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा राजदूत टेप्लिट्सले प्रधानमन्त्रीलाई बधाई दिँदै नेपालको शान्ति, संविधान र समसामयिक राजनीतिबारे चासो राखेकी थिइन्।

केही साताअघि अफगानिस्तानको काबुलमा भएको नेपालीहरुको हत्याप्रति उनले दु:ख समेत व्यक्त गरिन्।
 
प्रधानमन्त्री प्रचण्डले सकारात्मक सहयोगका लागि राजदूत टेप्लिट्सलाई धन्यवाद दिएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell