PahiloPost

Sep 16, 2026 | ३१ भदौ २०८३

सुल्टेन प्रतिनिधि विवाद, नेविसंघको बन्दसत्र भोलिबाटमात्रै



पहिलोपोस्ट

काठमाडौं : प्रतिनिधि विवाद सुल्टन नसकेपछि आजबाट सुरु हुने नेपाल विद्यार्थी संघको महाधिवेशनको बन्द सत्र भोलिसम्मका लागि स्थगित भएको छ। 'प्रतिनिधिको विषयमा उठेको विवाद सुल्ट्याउनका लागि समय लिइएको हो,' नेविसंघ प्रवक्ता युपी लामिछानेले पहिलोपोस्टसँग भने, 'भोलि २ बजेबाट बन्दसत्र सुरु हुनेछ।'

नेविसंघले विज्ञप्ति जारी गर्दै केही जिल्ला र क्याम्पसमा महाधिवेशन प्रतिनिधिको विषयमा समस्या देखिएको जनाउँदै भोलि साउन २५ गते २ बजेदेखि बन्दसत्र सुरु हुने जनाएको छ। त्यस्तै भोलि नै प्रतिनिधिहरुलाई पार्टी केन्द्रीय कार्यालय सानेपाबाट प्रतिनिधि कार्ड उपलब्ध गराइनेसमेत विज्ञप्तिमा जनाइएको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell