PahiloPost

Jul 24, 2026 | ८ साउन २०८३

सेयर बजार ओरालो लागेपछि सर्किट ब्रेकर, ५ प्रतिशतले इन्डेक्स घटेपछि बजार आजका लागि बन्द



पहिलोपोस्ट

सेयर बजार ओरालो लागेपछि सर्किट ब्रेकर, ५ प्रतिशतले इन्डेक्स घटेपछि बजार आजका लागि बन्द

काठमाडौँ : केही दिनदेखि लगातार ओरालो लागिरहेको सेयर बजारको घट्ने क्रम आज अझ तीव्र गतिले भएपछि सर्किट ब्रेकर लगाउनु परेको छ। नेप्से इन्डेक्स ५ प्रतिशतले घटेपछि साढे एक घण्टा बाँकी छँदै आजका लागि कारोबार बन्द गरिएको छ। 

१७६४ अङ्कबाट सुरु भएको आजको कारोबार निरन्तर घट्दै साढे एक बजे बन्द हुँदासम्म १६७७ मा पुगेको थियो। 

गत साउन १२ गते नेप्से ऐतिहासिक उचाइको बिन्दू ११८१ मा पुगेको थियो। त्यसयता निरन्तर बजार ओरालो लाग्ने क्रम जारी छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell