
काठमाडौं : फिसटेल एयरको हेलिकप्टर नुवाकोटमा दुर्घटनामा परेको छ। गोर्खाबाट विरामी लिएर काठमाडौं आउँदै गरेको हेलिकप्टर दिउँसो हराएको थियो। नुवाकोटबाट सम्पर्कविहीन भएको हेलिकप्टर मदानपुरको बेतेनीमा दुर्घटनाग्रस्त अवस्थामा रहेको रिपोर्ट आएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका डिएसपी ऋषिराम कँडेलले जनाकारी दिए।
गोरखाको फिलिमबाट विरामी लिएर उडेको नाइन एन के ए कल साइनको हलिकप्टर मदानपुरको बेतनी जंगलको पाखुरी भन्ने ठाउँमा दुर्घटना भएको छ। जिल्ला प्रहरी कार्यलय नुवाकोटले जानकारी गराएअनुसार कार्यलयका डिएसपी ऋषिराम कँडेलको नेतृत्वमा प्रहरीको टोली घटनास्थलतर्फ गइसकेको छ।
हेलिकप्टरमा सवारहरुको अवस्था अझै अज्ञात नै छ। हेलिकप्टरमा पाँचजना यात्रु रहेको फिस्टेल एयरले पुष्टि गरेको छ। हेलिकप्टरका चालक रञ्जन लिम्बू छन्। दुर्घटनाको थप विवरण आउन बाँकी छ ।
फाइल फोटो