PahiloPost

Jun 11, 2025 | २९ जेठ २०८२

नेपाली फेस्टिभलमा जापनिजले लगाए नेपाली पोसाक र ढाकाटोपी

नेपाली फेस्टिभलमा जापनिजले लगाए नेपाली पोसाक र ढाकाटोपी

पहिलोपोस्ट /पहिलोपोस्ट


  • अनुपराज कँडेल
जापानको टोकियोस्थित योयोगी पार्कमा दुई दिवसीय नवौं नेपाल फेस्टिभल सम्पन्न भएको छ।
 
नेपाल-जापान कूटनीतिक सम्बन्धको ६० औं वर्षगाँठ पारेर गैरआवासीय नेपाली संघ जापानले सो कार्यक्रम आयोजना गरेको हो।
 
फेस्टिभलमा दुई लाखभन्दा बढी दर्शकले अवलोकन गरेको मूल आयोजक कमिटिका संयोजक एवं एनआरएनए जापानका अध्यक्ष सुदन थापाले बताए।
 
'अतिथि देवो भव' भन्ने नाराका साथ सम्पन्न नेपाल फेस्टिभलको मुख्य उद्देश्य नै जापानिज पर्यटकलाई नेपाल भित्र्याउनु र त्यहाँका समुदायलाई नेपाल चिनाउनु थियो,' उनले भने।
  
फेस्टिभलमा नेपालको चिनारी गराउने भिडियो प्रदर्शन गरिनुका साथै नेपाली सांस्कृतिक कार्यक्रम, विभिन्न जातजातिको झाँकी प्रदर्शन, नौमती बाजा र लोकभजन प्रदर्शन गरिएको थियो।
 
कार्यक्रममा जापानिजलाई नेपाली पोसाक लगाएर फोटो खिचाउनुका साथै नि:शुल्क नेपाली ढाकाको टोपी वितरण गरिएको थियो
 
कार्यक्रमको उद्घाटनमा जापानका लागि नेपाली कार्यवाहक राजदूत कृष्णचन्द्र अर्याल, जापानको परराष्ट्र मन्त्रालयका दक्षिण-पश्चिम एसिया हेर्ने अधिकारी आरियोसी ताकासी, नेपालका लागि पूर्व जापानी राजदूतद्वय ताकाहासी कुनियो र कोजिमा, एनआरएनए आइसिसीका उपाध्यक्ष भवन भट्ट, एसिया प्यासिफिकका संयोजक किरणविक्रम थापा समेत सहभागी थिए।


ट्रेन्डिङ पोस्ट

Ncell