PahiloPost

Feb 28, 2025 | १६ फागुन २०८१

फेवातालमा डुंगा पल्टिँदा बेपत्ता दुई जनाको अवस्था अझै अज्ञात, खोजी जारी



पहिलोपोस्ट

फेवातालमा डुंगा पल्टिँदा बेपत्ता दुई जनाको अवस्था अझै अज्ञात, खोजी जारी

काठमाडौं : सोमवार साँझ फेवातालमा डुंगा पल्टिँदा बेपत्ता दुई युवक अझै फेला परेका छैनन्।
 
काठमाडौं घर भएका १९ वर्षीय प्रतीक श्रेष्ठ र २३ वर्षीय एलिन केसी हिजो साँझ पौने ५ बजेदेखि बेपत्ता छन्। नेपाल प्रहरी र सशस्त्र प्रहरीले साँझदेखि नै खोजी कार्य जारी राखेको छ। खोजीमा प्रहरीको विशेष रेस्क्यु टिम परिचालन गरिएको छ।
 
खोजी कार्यमा खटिएका प्रहरी निरीक्षक मदनमणि अधिकारीले अहिले पनि नेपाली प्रहरीका ११ र सशस्त्रका ११ जना परिचालित रहेको बताए।
डुंगा पल्टिदा उनीहरुसँगै रहेका अन्य दुई जनाको भने हिजो नै उद्धार गरी उपचार गरिएको छ।

उद्धार गरिएकामा काठमाडौं चक्रपथ बस्ने सौगात श्रेष्ठ, सम्राट गौतम, दीपक न्यौपाने, बसुन्धराका रोशन न्यौपाने, मकवानपुर हेटौंडामा विदुर धिताल र सिन्धुली घर भई पोखरा लेकसाइड बस्ने डुंगा चालक गंगा बस्नेत रहेका छन्।

ती युवाले लाइफ ज्याकेट नलगाएका कारण दुर्घटना भएको प्रहरीको भनाइ छ। (फोटो peacepokhara.com)



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell