PahiloPost

Sep 16, 2026 | ३१ भदौ २०८३

घिउको डब्बाभित्र चार केजी चरेस!



पहिलोपोस्ट

काठमाडौं : सोह्रखुट्टे प्रहरीले चार केजी चरेससहित तीन जनालाई पक्राउ गरेको छ।
 
धादिङबाट काठमाडौंमा सप्लाईका लागि ल्याउँदै गर्दा उनीहरुलाई सोह्रखुट्टे प्रहरीले पक्राउ गरेको हो। यसरी पक्राउ पर्नेमा धादिङका उत्तम तामाङ, मकवानपुरका दिलबहादुर लामा र चितवनका विशाल पुन रहेका छन्।
 
उनीहरुले घिउको डब्बाभित्र चरेस हालेर ल्याएको महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेका डिएसपी सौमेन्द्रसिंह राठैरले बताए। पिँधपट्टि र माथि घिउ राखी बीचमा चरेस लुकाएको अवस्थामा फेला पारिएको थियो।

उनीहरुले पहिले पनि यसरी चरेस ल्याएर बेच्ने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell