PahiloPost

Jul 24, 2026 | ८ साउन २०८३

एक महिनापछि चीनमा एक घन्टामा ३८० किलोमिटर दुरी पार गर्ने रेल



पहिलोपोस्ट

एक महिनापछि चीनमा एक घन्टामा ३८० किलोमिटर दुरी पार गर्ने रेल

बेइजिङ : विश्वकै तीब्र गतिमा गुड्ने रेल आउँदो महिनाबाट लिकमा उत्रने भएको छ। चीनले तयार पारेको प्रतिघन्टा ३ सय ८० किलोमिटर स्पिडमा कुद्ने रेल तयार भएको पिपुल्स डेलीले जनाएको छ। ज्याङ्जावोबाट छुझाउसम्म रेलले यात्रा गर्नेछ।

यो रेलले २ घन्टा ३३ मिनेट समय लगाएर पार गर्ने हेनानको ज्याङ्जावोदेखि पूर्वी चीनको जियानसु प्रान्तको छुझाउसम्मको दुरी ८० मिनेटमै पार हुनेछ।

पछिल्लो पुस्ताको बुलेट ट्रेनभन्दा ५० किलोमिटर प्रतिघन्टा बढी दुरी तय गर्ने यो रेलको परीक्षण गर्दा ४ सय किलोमिटर प्रतिघन्टाको रेकर्ड कायम भएको थियो।  

बेइजिङ-साङ्घाइ लगायतका सहरहरुलाई यस्तै हाइ स्पिड रेलबाट जोड्न चीनले १६ हजार किलोमिटर ट्र्याक बनाइसकेको छ। बेइजिङ-साङ्घाइ रेलले गत वर्ष एक अर्ब डलर नाफा कमाएको थियो।

उदयमान अर्थतन्त्रको बलमा चीनमा यस्ता रेलवे लाइनहरु तीब्र गतिमा बनिरहेका छन्। यसले चीनमा यात्रालाई हदै सहज बनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell