PahiloPost

Mar 1, 2025 | १७ फागुन २०८१

४ फोटोमा हेर्नुस् चीनले बनाएको  विश्वकै हाइस्पिड रेल

४ फोटोमा हेर्नुस् चीनले बनाएको विश्वकै हाइस्पिड रेल

पहिलोपोस्ट /पहिलोपोस्ट


पछिल्लो पुस्ताको बुलेट ट्रेनभन्दा एक घन्टामा ५० किलोमिटर बढी दुरी पार हुन सक्नेगरी चीनले विश्वकै हाइ स्पिड रेल बनाएको छ। र, एक महिनाभित्र त्यो रेल लिकमा हुने र यात्रुहरुले चढ्न पाउने छन्।

तीब्र आर्थिक विकासको गतिमा रहेको चीनले यस्ता हाइ स्पिड रेल कुद्ने १६ हजारभन्दा बढी किलोमिटरको ट्र्याक बनाइसकेको छ। र, बनाउने क्रम जारी पनि छ।

चीनले नेपालसम्मै आफ्नो रेल वे नेटवर्क विस्तार गर्ने योजनासमेत अघि बढाइसकेको छ। चीनको सीमावर्ती क्षेत्रमा यसको पूर्वाधारका कामहरु भइरहेका छन्। सीमाबाट काठमाडौंसम्मै रेलको लिङ्केज गर्ने नेपाल सरकारको पनि तयारी छ।

यही अवस्थामा चीनले हाइ स्पिड रेलमा एकपछि अर्को सफलता हासिल गरिरहेको छ। चिनियाँले अर्को छिमेकी भारतमा समेत हाइ स्पिड रेलको प्रोजेक्ट सुरु गरिसकेका छन्। 
फोटोहरु पिपुल्स डेली


ट्रेन्डिङ पोस्ट

Ncell