PahiloPost

Apr 30, 2026 | १७ बैशाख २०८३

ओस्कार फिगुएरोले रियो ओलम्पिकमा स्वर्ण जित्नेबित्तिकै सन्यास लिए



पहिलोपोस्ट

ओस्कार फिगुएरोले रियो ओलम्पिकमा स्वर्ण जित्नेबित्तिकै सन्यास लिए

कोलम्बियाका भारोत्तोलन खेलाडी ओस्कार फिगुएरोले रियो ओलम्पिकमा स्वर्ण जित्नेबित्तिकै सन्यास लिएका छन्।
 
उनले पुरुष ६२ केजीतर्फ कुल ३१८ केजी भार उठाउँदै स्वर्ण जितेका हुन्। ३३ वर्षे फिगुएरोले स्न्याचतर्फ १४२ र क्लिन एण्ड जर्कतर्फ १७६ केजी उचालेका थिए।
 
अन्तिम भार उचालेपछि फिगुएराले भावुक बन्दै आफ्नो जुत्ता खोलेर भुँइमा राखेका थिए, जसले सन्यासको अर्थ जनाउँछ।
 
यसअघि ६२ केजी तौल समूहमा स्वर्णको दाबेदारका रुपमा रहेका खेलाडीले चोटका कारण प्रतिस्पर्धा त्यागेका थिए।
 

​यस स्पर्धामा इन्डोनेसियाका एको युली इरावा ३१२ केजी तौल उठाउँदै रजत जित्न सफल भए भने ३०५ केजी तौल उठाएका काखस्तानका फर्खाद खर्कीले कास्य पदक जिते।

हेर्नुस् भिडियो :
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell