PahiloPost

May 12, 2024 | ३० बैशाख २०८१

पार्टी एकीकरणको अध्याय अब समाप्त भइसक्यो : कमल थापा



सविन ढकाल

पार्टी एकीकरणको अध्याय अब समाप्त भइसक्यो : कमल थापा

काठमाडौं : राप्रपा नेपालका अध्यक्ष कमल थापाले पार्टी एकीकरणको अध्याय अब समाप्त भएको बताएका छन्।
 
राप्रपासँगको पार्टी एकता भाँडिएपछि आज राजधानीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै थापाले अब एकता सम्भव नरहेको बताए।
 
एकीकरणकै पूर्वसन्ध्यामा राप्रपाले आफ्ना तर्फबाट दुई जनालाई मन्त्रीमण्डलमा पठाएपछि थापाले आज पत्रकार सम्मेलन गरेका हुन्।
 
'सबै कार्यकर्ता, प्रजातन्त्रप्रति आस्था राख्नेहरुप्रति पशुपति शमशेरले बेइमानी गर्नुभयो,' थापाले भने, 'यसले प्रस्ट पार्छ, पार्टी एकतालाई भन्दा बढी उहाँहरुले सत्तालिप्सामा ध्यान दिनुभयो।'
 
राप्रपा आफैंमा खराब पार्टी नभए पनि अध्यक्ष शमशेरको एकल निर्णय धेरैले मान्न बाध्य भएको थापाको भनाइ छ। कुनै अदृश्य शक्तिले पार्टी एकीकरणलाई भाँडेको भन्दै अध्यक्ष थापाले 'दक्षिण'तिरका शक्तिलाई संकेत गरे।
 
राप्रपाले एकताका लागि सहमति जनाइसकेको अवस्थामा सरकारमा गएर बेइमानी गरेको उनले बताए। 

राप्रपाबाट दीपक बोहोरा र विक्रम पाण्डेले बिनाविभागीय मन्त्रीको रुपमा हिजै शपथ लिइसकेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell