PahiloPost

Mar 1, 2025 | १७ फागुन २०८१

चिनियाँ टोलीद्वारा प्रचण्डलाई जानकारी- राष्ट्रपति सी जिनपिङ असोजमा नेपाल आउन सक्ने



पहिलोपोस्ट

चिनियाँ टोलीद्वारा प्रचण्डलाई जानकारी- राष्ट्रपति सी जिनपिङ असोजमा नेपाल आउन सक्ने

काठमाडौं : चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणबारे चर्चा हुँदै आए पनि एक चिनियाँ टोलीले असोजमा त्यो भ्रमण हुनेबारे संकेत गरेको छ।
 
आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको भेटमा चाइना इन्स्टिच्युट अफ कन्टेम्पोररी रिलेसन्सको चिनियाँ राष्ट्रपति सी जिनपिङ आउँदो असोजमा नेपाल भ्रमणमा आउन सक्ने बताएको हो।
 
प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा सो टोलीले चीनले अहिलेको सरकारसँग सकारात्मक र दिगो सम्बन्ध स्थापित गर्न चाहेको स्पष्ट पारेको थियो।
 
प्रधानमन्त्री प्रचण्डले चिनियाँ राष्ट्रपतिलाई छिट्टै स्वागत गर्न पाउने अपेक्षा गर्दै त्यो भ्रमणबाट दुई देशबीचको सम्बन्ध अझ सुदृढ हुने विश्वास राखे।
 
प्रा जी झेईको नेतृत्वमा आएको सो टोलीले भूकम्पले क्षति पुर्‍याएका संरचनाको पुनर्निर्माणमा चिनियाँ अनुभवको आदान–प्रदान एवं सहयोग गर्न र ठूला परियोजनामा सहयोग गर्न चीन तत्पर रहेको टोलीले जानकारी गरायो। उक्त भेटमा विज्ञहरुले नेपालमा चिनियाँ पर्यटकको संख्या वृद्धि गर्न पर्यटन पूर्वाधारको विकासका लागि अनुरोध गरेका थिए।
 
प्रधानमन्त्री प्रचण्डले भने नेपालले चीनसँगको सम्बन्ध भरपर्दो र दीर्घकालीन बनाउन चाहेको भन्दै दुई ठूला देशहरुसँग त्रिदेशीय सम्बन्ध स्थापित गर्न सरकार इच्छुक रहेको बताए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell